मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्व प्रधानमन्त्री कोईरालाको निधन, कार्यकालमा भएको थियो फिल्म उद्योगमा ऐतिहासिक काम

फिल्मीखबर, काठमाडौं, 2016/02/09
कुनै समय कलाकारितामा नै सक्रिय बन्दै जीवन बिताउँछु भनेर लागेका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापती सुशील कोईरालाको गएराती निधन भएको छ । निमोनियाको कारण कोईरालाको आफ्नै निवासमा राती १२ बजेर ५० मिनेट जाँदा निधन भएको हो ।
 
 
कोईराला प्रधानमन्त्री हुँदा चलचित्र क्षेत्रमा पनि केहि सम्झिन योग्य काम भएका थिए । उनकै कार्यकालमा लामो समयदेखी रिक्त पदमा चलचित्र विकास वोर्डले पुर्णता मात्र पाएन्, लामो समयदेखी गैर चलचित्रकर्मी नियुक्त हुँदै आएको वोर्डमा चलचित्रकर्मीलाई नै नियुक्त गरेका थिए । 
 
त्यस्तै ऐतिहासिक रुपमा सधैं प्रस्तावमा मात्र रहँदै आएको राष्ट्रिय चलचित्र नीति मन्त्री परिषदको बैठकबाट पारित भएको थियो । त्यस्तै हरेक समय चलचित्र सम्बन्धी कार्यक्रममा सरिक हुँदै गर्दा पनि उनले उद्योगको श्रीबृद्धीमा आफ्नो साथ र सहयोग सधैं रहने भन्दै चलचित्रकर्मीहरुको मनोवल सधैं उच्च बनाउने काम गरेका थिए । 
 
पुर्वप्रधानमन्त्री कोईरालाको निधनप्रति दुःख व्यक्त गर्दै केयौं फिल्मकर्मीहरुले श्रद्धाञ्जलीका शब्दहरु सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।