
बलिउडमा आफ्नो सेक्सी छविका कारण चर्चामा रहने अभिनेत्री मल्लिका सेरावतको भनाई छ कि उनी आमाको भूमिकाका लागि फिट छैनन् । मल्लिकाले आफूलाई आमाको भूमिकाका लागि आमिर खान अभिनित फिल्मबाट अफर आएको बताइन् । आफूले फिल्म ‘दंगल’का लागि अडिशन दिएको मल्लिकाको भनाई छ । तर, निर्माताले आफ्नो कामलाई मन पराएपनि ४ बच्चाको आमाको भूमिकामा नसुहाउने भएकाले काम नगरेको मल्लिकाको भनाई छ ।

आठौ नेफ्टा फिल्म अवार्डका लागि करिब ५० वटा फिल्म हेरेर नजिता निकालेका ५ जुरीले अवार्डमा वितरण भएका सबै विधाका निर्णयको जिम्मा लिएका छन् । जुरी मध्येका एक निर्देशक तथा कलाकार विरेन्द्र हमालले जुरीको निर्णय विपरित अवार्ड वितरण गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । विरेन्द्रको भनाई सार्वजनिक भएको भोलीपल्ट ५ जना जुरीले सबै निर्णयको जिम्मेवारी लिएका हुन् ।

आफ्नै जीवनी माथि बन्ने फिल्मलाई संजय दत्त आफैंले पनि लगानी गर्ने भएका छन् । विधु विनोद चोपडा र राजकुमार हिरानीसँगै संजय दत्त पनि फिल्मको निर्माताको रुपमा अगाडि आउनेछन् ।संजय दत्तको जीवनीमा थि विधुविनोद चोपडाले फिल्म बनाउन लागेको खबर पहिले नै बाहिर आईसकेको थियो ।

फिल्मका कार्यक्रममा आक् झुक्कल कविता सुनाएर कवि नायकको परिचय बनाएका जीवन लुईंटेलले पहिलो कविता संग्रह बजारमा ल्याएका छन् । उनीद्धारा रचित कविताहरुका संग्रह े ‘नायक’ सोमबार नक्साल स्थित नक्साल बेंक्वेटमा सार्वजनिक गरियो । कवि वैरागी काईंला, कृष्णहरि बराल, राजेश हमाल, करिष्मा मानन्धर, सुवास ढकाल आदिले कृति लोकार्पण गरे ।

चलचित्र ‘गोरे’का एल्बम सार्वजनिक गरिएको छ । राजधानिको महाराजगन्जमा आयोजित एक अनौपचारिक कार्यक्रमा फिल्मको एल्बम सार्वजनिक गरिएको हो । लेखक निर्देशक ओम प्रतिक गुरुङ र पत्रकार सानु काजी महर्जनका साथमा संगीतकार, गीतकार र गायक गायिकाले संयुक्त रुपमा अडियो बिमोचन गरेका थिए ।

कलाकारलाई दुबईमा २४ घन्टा भन्दा बढी समय अलपत्र पारेर बदनाम भएको नेफ्टा आयोजकले थप विवाद खेपेको छ । जुरीले पहिले दिएको निर्णय विपरित अवार्ड बाँडिएको भन्दै एक सदस्यले फेसबुकमा स्ट्याटस लेख्दै असन्तुष्टि पोखेका छन् ।

