मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विकिनी लगाउने प्रश्नले रिसाइन् सोनाक्षी

एजेन्सी, मुम्बई, 2016/02/09

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले अहिलेसम्म फिल्मको पर्दामा अंगप्रदर्शन गरेकी छैनन् । अधिकांश बलिउड अभिनेत्रीहरुले पर्दामा विकिनी लगाएर शरीर शो गरिरहँदा सोनाक्षी भने सारीमा अडकिएकी छिन् ।


उनै सोनाक्षीलाई ट्विटरमा एक फ्यानले विकिनी कहिले लगाउँछ्यौ ? भनेर प्रश्न गरेपछि उनी भड्किइन् । उनले जवाफमा लेखिइन्–‘यस्तो घटिया प्रश्न आफ्नी आमा वा बहिनीलाई गएर सोध्नु, अनि भन्नु कि उनीहरुले के भने ।’


सोनाक्षीले यसो भनेपनि केही बेरपछि ट्विट डिलेट गरिन् । उनका अनुसार फ्यानले माफी मागेपछि उनले ट्विट डिलिट गरेकी हुन् । सोमबार अर्की एक महिला फ्यानले बलिउड अभिनेत्रीलाई पैसाका लागि शरीर वेचेको आरोप लगाइन् । जसको जवाफ दिदै सोनाक्षीले भनिन्–‘तिमी महिलाको नाममा धब्बा हौ । जो महिला भएर महिलाकै बारेमा यस्तो बोलिरहेकी छौ ।’