बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'ईयरलिफ्ट' ले बक्सअफिसमा २ सय प्रतिशत बढिको नाफा कमाएको छ । दोश्रो हप्तामा प्रदर्शनरत यो फिल्मले अहिलेसम्म १ सय २१ करोडको बिजनेश गरेको छ । फिल्म अहिले पनि हलमा दर्शकको राम्रो साथका बीच चलिरहेको छ ।
पब्लिसिटी सहित ४० करोड लागतमा हलमा पुगेको यो फिल्मले १ सय २१ करोडको बिजनेश गर्दैगर्दा ८१ करोड चोखो नाफा कमाएको छ । यो नाफा प्रतिशतमा २ सय २ प्रतिशत हुन आउँछ । त्यसो त यो फिल्म बर्ष २०१६ कै सर्वाधिक कलेक्शन गर्ने फिल्म बनिसकेको छ ।
बर्ष प्रारम्भमा प्रदर्शनमा आएको यो फिल्म १ सय करोड क्लबमा प्रवेश गर्ने २०१६ को पहिलो फिल्म पनि हो । अक्षयकुमार स्टारर पछिल्ला केहि फिल्म करोड क्लबमा प्रवेश गर्न असफल थिए । जसले यो फिल्मबाट उनको करियरमा पनि ठुलै राहत मिलेको छ ।