Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२ सय प्रतिशत नाफामा अक्षय स्टारर 'ईयरलिफ्ट'

एजेन्सी, मुम्बई, 2016/02/08
बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'ईयरलिफ्ट' ले बक्सअफिसमा २ सय प्रतिशत बढिको नाफा कमाएको छ । दोश्रो हप्तामा प्रदर्शनरत यो फिल्मले अहिलेसम्म १ सय २१ करोडको बिजनेश गरेको छ । फिल्म अहिले पनि हलमा दर्शकको राम्रो साथका बीच चलिरहेको छ । 
 
पब्लिसिटी सहित ४० करोड लागतमा हलमा पुगेको यो फिल्मले १ सय २१ करोडको बिजनेश गर्दैगर्दा ८१ करोड चोखो नाफा कमाएको छ । यो नाफा प्रतिशतमा २ सय २ प्रतिशत हुन आउँछ ।  त्यसो त यो फिल्म बर्ष २०१६ कै सर्वाधिक कलेक्शन गर्ने फिल्म बनिसकेको छ । 
 
बर्ष प्रारम्भमा प्रदर्शनमा आएको यो फिल्म १ सय करोड क्लबमा प्रवेश गर्ने २०१६ को पहिलो फिल्म पनि हो । अक्षयकुमार स्टारर पछिल्ला केहि फिल्म करोड क्लबमा प्रवेश गर्न असफल थिए । जसले यो फिल्मबाट उनको करियरमा पनि ठुलै राहत मिलेको छ ।
 
Most Visited News (monthly)