मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्टेजमा नायिका होइन गायिका रेखा

फिल्मीखबर, काठमाडौं, 2016/02/08
अहिले यदि कुनै स्टेज शोमा अभिनेत्री रेखा थापालाई बोलाउने चाहना कसैले गर्यो भने, उसले रेखाबाट हट नृत्यको अपेक्षा नगर्दा हुन्छ । देश तथा विदेशमा राम्रै प्रशंसक कमाएकी अभिनेत्री थापा अहिले छोटा पहिरन लगाएर स्टेजमा पुग्दिनन् । रेखा अहिले लामा कपडा लगाउँदै माइक समातेर स्टेजमा पुग्छिन् ।
 
अहिले कार्यक्रमको सिलसिलामा मलेसिया पुगेकी अभिनेत्री थापा स्टेजमा आफू निर्मित फिल्म रामप्यारीको अर्को जुनी गीत गाउन व्यस्त छिन् । स्टेजमा कम्मर लच्काउँदै रेखा गायिका बनेकी छिन् । यो गीतमा रेखा आफैले संगीत पनि भरेकी हुन् ।
 
हुनत, केही फिल्ममा रेखाले गीत पनि गाइसकेकी छिन् । मलेसियाका विभिन्न शहरमा आयोजना भैरहेको सांस्कृतिक कार्यक्रममा अभिनेत्री रेखा थापाले गीत गाएको देख्न सकिन्छ । रेखाबाट हट नृत्यको अपेक्षा गरेका दर्शक गीत सुनेरै रेखासँग झुमेका छन् । सायद, अब अभिनेत्री थापा फेरिएकी छिन् । यसैले पनि उनी आफूलाई नयाँ स्वरुपमा ढाल्दै छिन् ।