
अहिले सम्मकै सर्वाधिक महंगो नेपाली फिल्म 'बागमती'को ट्रिजर सार्वजनिक गरिएको छ । ४३ सेकेन्डको सार्वजनिक ट्रिजरमा महानायक राजेश हमाललाई प्रस्तुत गरिएको छ ।दक्षिण भारतीय निर्माण टीमले फिल्मको प्रमोसनको लागि सार्वजनिक ट्रिजरमा हेर्दा महानायक राजेश हमालको फेरी नेपाली चलचित्रमा पुन कमव्यक हुने देखिन्छ ।

भोलि शुक्रबार रिमा लण्डन निवासी रोबर्ट ल्षगुनसँग विवाह बन्धनमा बाँधिदैछन् । लभ कम एरेन्ज विवाह गर्न लागेको यो जोडी शुक्रबार नेपाली फिल्म ‘भालेफाइट’ हेर्नसँगै देखियो । ‘भाले फाइट’ रिमाको पछिल्ले फिल्म हो जुन शुक्रबारबाट नै प्रदर्शन आएको हो । रिमाले रोबर्टलाई फिल्म हेर्नसँगै ल्याएकी थिइन् ।

नेपाल चलचित्र प्राविधिक संघले कतारमा आठौं नेफ्टा फिल्म अवार्ड सम्पन्न गरेको छ । हजारौ दर्शकको भिडमा नेपाली फिल्मका उत्कृष्ट फिल्मकर्मीहरूले अवार्ड चुम्दा कतारको गर्मीमा उपस्थित सबैले शितलताको महसुश गरे ।

कविको समेत परिचय बनाएका अभिनेता जीवन लुईंटेलले कविता संग्रह नै निकालेर उनको यो चिनारीलाई मूर्त रुप दिने भएका छन् । जीवनले ‘नायक’शीर्षकमै कविता संग्रह निकाल्न लागेका हुन् । उनको कविता संग्रह आउँदो सोमबार अभिनेता राजेश हमालले बिमोचन गर्नेछन् ।

नेपाली कथामा बनेको अमेरिकन फिल्म ‘हाइवे टु धम्पुस’को प्रिमियर गरिएको छ । बिहीबार राजधानीको कुमारी हलमा विशिष्ट अतिथीहरुका बीच फिल्मको प्रिमियर गरिएको हो । फिल्म हेर्न अभिनेता राजबल्लभ कोइरालाका सहकर्मी र अमेरिकन दूतावासका कर्मचारीहरुको उपस्थिति थियो ।

राजु अधिकारीको निर्देशन निर्माण भैरहेको चलचित्र ‘सुब्बा साब’ को छायांकन यति बेला बुटवल र भैरवहाको विभिन्न ठाउमा भै रहेको छ । पारिवारिक कथामा निर्माण भएको चलचित्र ‘सुब्बा साब’निजामति कर्मचारी सुब्बाको इमान्दरिता र राष्ट्रसेवासँगै सन्तानप्रतिको माया र दायित्व को मुख्य कथा हो ।

