पर्दा पछाडि आफ्नो बानी जस्तो भएपनि कुनै पनि सार्वजनिक कार्यक्रममा पुग्दा कस्तो व्यवहार देखाउने कलाकारले जान्न जरुरी छ । नत्र भने कलाकार सस्तो टिप्पणीका पात्र बन्छन् । दर्शकले पनि पत्याउने अवस्था रहँदैन ।
फिल्म ‘पुरानो डुङ्गा’को प्रेस मिटमा उपस्थित अभिनेत्री मेनुका प्रधानले पनि यस्तै व्यवहार देखाईन् । ढिलो गरी कार्यक्रममा आएकी मेनकाले आएदेखिनै अजिब व्यवहार प्रदर्शन गरिन् । फिल्मको प्रेसमिटमा सामूहिक तस्बिर खिचाएपछि टिमकै एक व्यक्तिलाई मञ्चमै जिस्किएर बसेकी मेनुका अभिनेत्री प्रियंका कार्कीको छेउमा पुगेपछि झनै असंवेदनशील देखिइन् ।
मेनुका र प्रियंका भेटिएपछि साइडटकमा यति मस्त देखिएकी दुवैको ध्यान कार्यक्रममा कम गफमा ज्यादा थियो । लेखक उपेन्द्र सुब्बाको रमाईलो कुराले दुवैलाई हाँसोको बहाना त मिलेको थियो तर पनि दुवैको मग्नता हेर्न लायक थियो ।नुका कहिले प्रियंकासँग अंकमाल गर्दै हाँस्थिन् त कहिले एक्लै । तर सार्वजनिक कार्यक्रममा उपस्थित अतिथी र प्रेसकै अगाडि मेनुकाको यो केटाकेटीपना सुहाउँदो थिएन ।
फिल्म ‘रेसम फिलिली’मा काम गरेपछि केही डिमाण्डिङ भएकी मेनुकाले आफू कलाकार हुँ र सार्वजनिक ठाउँमा जिम्मेवार भएर बस्नु पर्छ भन्ने ज्ञान नपाएको देखियो ।स्टेजमा मानिस बोलिरहेको समयमा छेउमै बस्ने बिनाकारण हाँसिदिने हो भने त्यसले बोल्ने मानिसलाई नरमाइलो बनाउँछ । कलाकार भैसकेपछि यस्ता कुरामा सचेत भएको राम्रो ।