Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कबड्डी निर्देशकको 'पुरानो डुङ्गा'मा चढ्ने को-को ?

फिल्मीखबर, काठमाडौं, 2016/02/08
'कबड्डी' तथा यसको सिक्वेल निर्देशन गरेर हिट लिस्टमा परेका निर्देशक रामबाबु गुरुङले अर्को फिल्म बनाउने भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'पुरानो डुङ्गा'को औपचारिक रुपमा निर्माण घोषणा गरियो । फिल्म माघ २९ बाट फ्लोरमा जानेछ । 
 
 
माओत्से गुरुङको कथामा बन्ने फिल्मको लेखन निर्देशक रामबाबुसँगै उपेन्द्र सुब्बाको रहेको छ । यी दुईको जोडीले नै 'कबड्डी' र 'कबड्डी' सिक्वेलम पनि राम्रै जमेको थियो । यो फिल्ममा कथा लेखक माओत्सेसँगै दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, बुद्धी तामाङ, पुष्कर गुरुङ, पुर्णिमा गुरुङ लगायतको अभिनय समेटिने कार्यक्रमा जानकारी गराईयो । 
 
 
कार्यक्रममा बोल्दै निर्देशक गुरुङले दर्शकले कस्तो फिल्म चाहन्छन् त्यो बारेमा ज्ञान लिएको भन्दै जतिसक्दो राम्रो फिल्म बनाइर दर्शकमाझ ल्याउने प्रतिबद्धता व्यक्त गरे । तालको किनारमा डुङ्गा चलाएर जिविकोपार्जन गरिरहेको एक व्याक्तिको अंशवण्डामा डुङ्गा नै भाईको पोल्टामा परेपछि दाईको परिवारमा आउने समस्याको कथा फिल्मले बोल्नेछ ।
 
त्यस्तै लिड अभिनेत्री प्रियंकाले पनि 'कबड्डी' फिल्मको जत्तिकै टिमअप यो फिल्ममा पनि जम्ने भन्दै स्कृप्ट तथा आफुलाई सुम्पेको पात्रगत भूमिका निकै उत्कृष्ट रहेको दाबी गरिन् । अर्का लिड कलाकार दयाहाङ भने कार्यक्रममा उपस्थित थिएनन् ।
 
Most Visited News (monthly)