
अभिनेत्री दीपा श्री निरौलाले निर्देशन गर्ने भनेर घोषणा गरिएको फिल्म ‘लप्पन छप्पन’ अर्कैको ब्यानरमा दर्ता रहेको खुल्न आएको छ । सिनेहटलाइन नामको एक अनलाइन पोर्टलको समाचार अनुसार दीपाले निर्देशन गर्ने भनेर घोषणा भएको फिल्म गोल्डेन हिल नामक कम्पनीले दर्ता गराईसकेको र हाल दीपा सो नाम लिन दौडधूप गरिरहेको दाबी गरेको छ ।

बलिउड स्टार साहरुख खानको बहु प्रतिच्छित फिल्म 'फ्यान' को गीत रिलिज भएको छ । सोमबार मंगलबार साँझ सार्वजनिक गीत युट्युवमा लाखौंले हेरिसकेका छन् । आफुले अध्ययन गरेको क्याम्पस हंसराजमा पुगेर साहरुखले गीत रिलिजको घोषणा गर्दा हजारौ फ्यानले उनलाई स्वागत गरे ।

फागुन १४ मा रिलिज हुने भनिएको यो फिल्म युनिटले प्रचारको क्रम चलिरहँदा फिल्ममा समावेश एक गीत सार्वजनिक गरेको छ । गीतमा लिड कलाकार दिक्पाल कार्की र मञ्जिता केसी फिचरिङमा छन् ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'क्लासिक'ले सोमबारसम्मको बिजनेशमा करोड क्लबको आँकडा पार गरेको छ । निर्माता सुबास गिरीले यो कुराको पुष्टी गरेका छन् । तर उनले १ करोड बढी कति बिजनेस पुगेको छ भन्ने भने खुलाएनन् ।

बहु-प्रतिच्छित फिल्म 'ड्रिम्स'को नयाँ गीत रिलिज भएको छ । राजधानीमा एक कार्यक्रम गरेर अडियो एल्बम सार्वजनिक गरिएको केहि घण्टामा नयाँ भिडियो गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा लिड कलाकार अनमोल केसी र साम्राज्ञ्यलक्ष्मी शाह फिचरिङमा छन् ।

गत शुक्रबार रिलिज दुई फिल्म 'क्लासिक' र 'प्रेमगीत'को होल्ड ओभर कायम हुने शंका सहित आउँदो शुक्रबार अर्थात फागुन ७ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'फागु' सार्न अनुरोध आएको कुरा निर्मात्री करिश्मा मानन्धरले बताएकी छिन् ।

