Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'फ्यान' गीतमा साहरुखको ठट्यौली नृत्य (भिडियो)

एजेन्सी, मुम्बई, 2016/02/17
बलिउड स्टार साहरुख खानको बहु प्रतिच्छित फिल्म 'फ्यान' को गीत रिलिज भएको छ । सोमबार मंगलबार साँझ सार्वजनिक गीत युट्युवमा लाखौंले हेरिसकेका छन् ।  आफुले अध्ययन गरेको क्याम्पस हंसराजमा पुगेर साहरुखले गीत रिलिजको घोषणा गर्दा हजारौ फ्यानले उनलाई स्वागत गरे । 
 
अप्रिल १५ मा प्रदर्शनमा आउने भनिएको यो फिल्मको गीतमा साहरुखको नृत्य देख्न सकिन्छ । फिल्ममा एउटा मात्र गीत समावेश छ, जसलाई ‘फ्यान एन्थम’ भनिएको छ । यशराज व्यानरको यो फिल्ममा साहरुखको फ्यान क्रेज अनि उनको सुरुवाती करियरदेखी पछिल्लो अबस्थासम्मको परिस्थितीलाई चित्रण गरेको छ । 
 
सार्वजनिक गीतमा वरुण ग्रोवरको शब्दमा नकाश अजिजको स्वर छ । मनिष शर्मा निर्देशित यो फिल्ममा साहरुख दोहोरो भुमिकामा देखिएका छन् । फ्यान र स्टारविचको सामञ्जस्यताको कथालाई थ्रिलर शैलीमा उतारिएको बताईएको छ ।
 
भिडियोः
 
Most Visited News (monthly)