गत शुक्रबार रिलिज दुई फिल्म 'क्लासिक' र 'प्रेमगीत'को होल्ड ओभर कायम हुने शंका सहित आउँदो शुक्रबार अर्थात फागुन ७ बाट प्रदर्शनमा आउन लागेको फिल्म 'फागु' सार्न अनुरोध आएको कुरा निर्मात्री करिश्मा मानन्धरले बताएकी छिन् ।
फिल्मीखबरसँगको टेलिफोन संवादमा करिश्माले सम्बन्धित फिल्मसँग जोडिएका मान्छेले नभई फिल्म क्षेत्रका नै र फिल्मकर्मीहरु बीचमा खेलिरहेका केहि व्याक्तिहरुले आफ्नो फिल्म सार्न आग्रह गरेको खुलाईन् । तर कसले आग्रह गर्यो भन्ने कुरा उनले खुलाईनन् । करिश्माले भनिन्, 'हल पाउन गार्हो छ फिल्म सार्नुहोस्, भन्दै आग्रह आएको सत्य हो ।'
'पब्लिसिटी भईसक्यो दर्शकमा करिश्माको फिल्म फागुन ७ मा आउँदैछ भन्ने कुरा पुगिसकेको भन्दै जति हल पाउँछौ त्यतीमा लगाउँछौं तर अब रिलिज सर्दैन्' करिश्मा बोलिन् । सम्झना उप्रेती निर्देशित यो फिल्ममा सुबास पराजुली र शिल्पा पोखरेल लिड रोलमा छन् ।

