नेपाली क्रिकेटको कथालाई उठान गरेको फिल्म 'च्याम्पियन' रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिम प्रचार प्रसारमा व्यस्त छ । फागुन १४ मा रिलिज हुने भनिएको यो फिल्म युनिटले प्रचारको क्रम चलिरहँदा फिल्ममा समावेश एक गीत सार्वजनिक गरेको छ । गीतमा लिड कलाकार दिक्पाल कार्की र मञ्जिता केसी फिचरिङमा छन् ।
प्रेमभाव झल्केको गीतमा स्वर टंक बुढाथोकी र मनिषा पोखरेलले दिएका छन् भने संगीत पनि टंकको नै हो । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको शब्द भने 'च्याम्पियन' निर्माता कृष्ण पोखरेलले लेखेका हुन् ।
बिबि फुयाँल निर्देशित फिल्मले एक युवाले क्रिकेट खेलाडी बन्न गरेको जीवन संघर्षको कथा बोल्छ । नेपालमा पछिल्लो समय बढ्दै गएको क्रिकेटको क्रेजले फिल्म प्रदर्शनमा आएपछि हलमा पनि साथ दिने विश्वासमा निर्माण टिम छ ।
भिडियोः

