
एक्शन स्टार निखिल उप्रेती प्रायः फिल्ममा पुलिस अफिसरको भुमिकामा भेटिन्छन् । अन्य रोल नपाएकोले पुलिस मात्रै बन्नुपरेको बोल्ने बताउने निखिलले नयाँ फिल्ममा पनि सोही भूमिकामा अभिनय गर्न लागेका छन् । निखिल पुलिस बनेर अभिनय गर्न लागेको फिल्म ’संरक्षण’को सोमबार औपचारिक घोषणा गरियो ।

अभिनेत्री अशिष्मा नकर्मीले फेशनप्रति आफु निकै संवेदनशिल रहेको भन्दै घर बाहिर निस्किँदा पहिरन छनोटमा विशेष ध्यान दिने बताएकी छिन् । उनले अरुको डिजाईन भन्दा पनि आफ्नै डिजाईनिङको पहिरन लाउने मन लाग्ने भन्दै फेसन प्रतिको आफ्नो रुची स्पष्ट पारिन् ।

गत शनिबार चलचित्र कलाकार संघको निर्वाचन भयो । महेन्द्र पुलिस क्लबमा सम्पन्न निर्वाचनमा यो पटक नाम चलेका केहि कलाकारहरुको रौनक छुट्टै थियो । जहाँ कलाकारहरुको फ्यान कलाकार नै कति देखिए, कोही सेल्फी खिच्नमा व्यस्त देखिन्थे त कोही हाल खबर साटासाट गर्नमा । यो बीचमा नाम चलेका स्टारहरुका फ्यान रहेका प्रहरीहरुलाई पनि फोटो खिचाउन र अंकमाल गर्न राम्रै अबसर मिल्यो । फिल्मीखबरको क्यामेरामा कैद केहि दृश्यहरु यस्तै बोल्छन् ।

अभिनेता निखिल उप्रेतीलाई २० लाख रुपैयाँ चाहिएको छ । २० लाख भएको खण्डमा निखिलले बर्षमा २ वटा मात्र फिल्म खेल्ने बताएका छन् । निखिलले फिल्म क्षेत्रमा कलाकारलाई कम पारिश्रमिक दिने भएकाले नै धेरै फिल्म खेल्नु परेको गुनासो गरेका छन् । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निखिल उप्रेतीले बर्षमा धेरै फिल्म खेल्नु परेको र गेटअप परिवर्तन गर्न नपाएको गुनासो गरेका हुन् ।

निर्देशक निश्चल बस्नेत बैबाहिक बन्धनमा बाँधिने भएका छन् । केहि समयदेखि प्रेम चर्चामा रहेको निश्चल र मोडल तथा अभिनेत्री स्वस्तिमा खड्काको जोडीले सोमबार ईन्गेज्मेन्ट गरेका छन् ।

दुई हप्ता पहिले नेपाल रिलिज भएर हिट लिस्टमा परेको फिल्म 'कबड्डी कबड्डी' अष्ट्रेलियामा पनि हिट हुँदैछ । ईपी माईग्रेसन अष्ट्रेलिया तथा खिलेन्द्र तिमल्सिनाको आयोजनामा प्रदर्शन हुँदै गरेको यो फिल्मको ८ शो 'सोल्डआउट' भएको छ ।

