Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपाश्रीले निर्देशन गर्ने ‘लप्पन छप्पन’ अर्कैको नाममा दर्ता

फिल्मीखबर, काठमाडौं, 2016/02/17

अभिनेत्री दीपा श्री निरौलाले निर्देशन गर्ने भनेर घोषणा गरिएको फिल्म ‘लप्पन छप्पन’ अर्कैको ब्यानरमा दर्ता रहेको खुल्न आएको छ । सिनेहटलाइन नामको एक अनलाइन पोर्टलको समाचार अनुसार दीपाले निर्देशन गर्ने भनेर घोषणा भएको फिल्म गोल्डेन हिल नामक कम्पनीले दर्ता गराईसकेको र हाल दीपा सो नाम लिन दौडधूप गरिरहेको दाबी गरेको छ ।



समाचारमा उल्लेख भए अनुसार दीपाले सरस्वती पूजाका दिन आफैले निर्देशन गर्ने गरी सो नामको सामाजिक सञ्जाल मार्फत घोषणा गरेकी थिइन् । तर फिल्म दर्ता गर्न जाँदा फिल्म पहिले नै दर्ता भईसकेको थाहा पाएपछि दीपा तनावमा आएकी थिइन् ।

 

सौगात मल्ल ,दयाहाङ राई र अर्पण थापाले अभिनय गर्ने गरी फिल्म प्रकाश बहादुर र मुकुन्द भट्टले फिल्म दर्ता गराईसकेको बिकास बोर्ड स्रोतले पनि पुष्टि गरेको छ । दीपा हाल सो नाम लिन कसरत गरिरहेका छन् । फिल्ममा जितु नेपाल, शिवहरी पौडेल र बुद्धि तामाङ आदि कलाकारले अभिनय गर्ने चर्चा थियो र सँगै यही महिनाको अन्त्यबाट सुटिङमा जाने दीपाको योजना थियो ।

Most Visited News (monthly)