
शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री करिश्मा मानन्धर निर्मित फिल्म 'फागु'ले सुरुवातमा नै दर्शकको उल्लेख्य साथ पाउन सकेन् । शुक्रबार प्रजातन्त्र दिवसको विदा परे पनि त्यो विदा काम लागेन् । शनिवारको विहानी तथा दोश्रो सो मा पनि यो फिल्ममा दर्शक देखिएनन् ।

निधारमा टिका, नाकमा फुली, ओठमा लाली, हातमा रातो चुरा, सारी र ब्लाउज अनि क्रोधित अनुहार । एउटा पूर्ण नारीको पहिरनमा अभिनेता राजेश हमालको पछिल्लो फिल्म 'शकुन्तला'को सार्वजनिक फास्टलुकमा उनको स्वरूप यस्तै देखिएको छ ।

पोर्न स्टारको छबि बनाउन भन्दै संघर्ष गरिरहेकी किशोरी अर्चना पनेरु अहिले चर्चामा छिन् । कहिले उत्तेजक भिडियो त कहिले कामुकता छल्केको अनि बस्त्र विनाको फोटोसुट गरेर चर्चा र विवादमा आएकी अर्चना अब भने फिल्ममा पनि देखिने पक्का भएको छ ।


रेखा थापा अभिनित पछिल्लो फिल्म 'रामप्यारी'को अफिसियल फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नयाँ बर्ष २०७३ को छेकोमा प्रदर्शनमा आउने भनिएको यो फिल्मको सार्वजनिक पोस्टरमा अभिनेत्री रेखा थापा भगवान रामको अबतारमा देखिएकी छिन् ।

अघिल्लो हप्ता रिलिज दुई फिल्म 'क्लासिक' र 'प्रेमगीत'को होल्ड ओभर कायमै रहँदा शुक्रबार रिलिज फिल्मले धेरै हल पाएनन् । पर्दामा 'फागु', 'को आफ्नो' र 'सोल्जर' आएका हुन् ।

