
अभिनेता जीवन लुईंटेल सुटुक्क अमेरिका पुगेका छन् । बुटबलमा ‘सुब्बासाब’को सुटिङ लगत्तै काठमाडौं आएर आफूले लेखेको कविता संग्रह ‘नायक’ विमोचन गरेका जीवन दशैंको मुखमा अमेरिका उडेका हुन् ।

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठ पत्नी तथा अभिनेत्री श्वेता खड्काले फेरि पनि आफूले फिल्म क्षेत्रलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याएकी छिन् । सोमबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित इनास अवार्डमा उपस्थित हुँदै श्वेताले यस्तो प्रतिबद्धता दोहोर्याएकी हुन् ।

बिषयवस्तु फरक भएको खण्डमा पनि त्यसले दर्शकलाई आकर्षित गर्छ । नेपाली फिल्ममा प्रेम कथामा बिषय धेरै बन्ने गरेका छन् । तर, निर्देशक वीवी फुयाँलले बनाएको फिल्म च्याम्पिएनले भने क्रिकेटको कथालाई उठाएको छ । हाल यो फिल्मको एफडी मा धमाधम डबिङ कार्य भैरहेको छ ।

बलिउड अभिनेता अमिताभ बच्चनले आफूहरुसँग पनि दिल भएको बताएका छन् । आफूहरु पनि आम मानिस जस्तै भएको भन्दै खलनायक नसोच्न आग्रह गरेका छन् । अमिताभले जब देशमा संकट पर्छ त्यतिबेला कलाकार नै अगाडि आउने गरेको बताए ।

बलिउड अभिनेत्री ऐश्वर्या रायको क्रेज अब सकियो भन्ने विश्लेषण हुन थालेको छ । ऐश्वर्या रायत ५ बर्षपछि बलिउडमा कमब्याक गर्दा धेरैलाई लागेको थियो, उनको फिल्मले जोडदार व्यापार गर्नेछ । तर, सबैले सोचेजस्तो भएन ।ऐश्वर्याको फिल्मले डेब्यू अभिनेता र अभिनेत्रीहरुको फिल्मले जतिको पनि व्यापार गरेन ।

नेपालकै चर्चित ब्यानर गोपिकृष्ण मुभिजले निर्माण गरेको फिल्म ‘ठमेल डट कम’ देशभरका हलमा कात्तिक ५ गतेबाट नै प्रदर्शनमा आउने भएको छ । यसअघि काठमाण्डौमा ६ र बाहिर ५ गतेबाट फिल्म प्रदर्शनमा आउने चर्चा थियो । तर, निर्माता संघले अन्य ३ फिल्मलाई कात्तिक ३ गतेबाटै देशभरका हलमा लगाउने निर्णय गरेपछि गोपिकृष्णले यस्तो निर्णय गरेको हो ।

