Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

साम्राज्ञीसँग गहिरो प्रेममा अनमोल !

फिल्मीखबर, काठमाडौं, 2016/02/16
बहु-प्रतिच्छित फिल्म 'ड्रिम्स'को नयाँ गीत रिलिज भएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गरेर अडियो एल्बम सार्वजनिक गरिएको केहि घण्टामा नयाँ भिडियो गीत युट्युव मार्फत सार्वजनिक गरिएको हो । गीतमा लिड कलाकार अनमोल केसी र साम्राज्ञ्यलक्ष्मी शाह फिचरिङमा छन् ।
 
'तिमी नहुँदा..' बोलको गीतमा अनमोल र साम्राज्ञीको गहिरो प्रेमभाव छल्केको छ । यसअघि सार्वजनिक ट्रेलर र गीतले राम्रो हाईप बनाउँदै गर्दा दर्शकमाझ एको यो गीतले पनि फिल्मको प्रचारमा थप सहयोग गर्ने अनुमान निर्माण युनिटको छ । गीतमा स्वर रोदित भण्डारी र सोमिया बराईलीको छ भने शब्द तथा संगीत विशेष पाण्डे र गायक रोदितको हो ।
 
 
भुवन केसीको निर्माण तथा निर्देशन रहेको 'ड्रिम्स'मा दिवाकर भट्टराई एसोसियन निर्देशकको रुपमा छन् । फिल्ममा अनमोल र साम्राज्ञीसँगै सन्ध्या केसी लिड रोलमा छन् । यो फिल्म फागुन २१ बाट दर्शकमाझ आउँदैछ ।
 
 
गीत हेर्नुहोसः
 
Most Visited News (monthly)