Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15367 - 15372 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-11-02, सोमवार

मंसिर ११ गते फिल्म ‘कबड्डी कबड्डी’ मात्र हलमा लाग्ने कुरा थियो । तर, एकाएक बारम्बार प्रदर्शन मिति सर्दै आएको फिल्म ‘जाउँ हिड पोखरा’ पनि यही मितिमा आउने भएको छ । शोभित बस्नेतको निर्देशनमा बनेको यो फिल्म निर्माण भएको ४ बर्ष भन्दा बढी भैसकेको छ । फिल्ममा जीवन लुइटेल र रेखा थापा मुख्य भूमिकामा छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-02, सोमवार

सबैलाई आश्चर्यमा पार्दै ‘परदेशी’ले व्यापारमा नयाँ रेकर्ड राखेको छ । प्रशान्त तामाङ, रजनी केसीको मुख्य भूमिका रहेको फिल्मले प्रदर्शनको २ साता पुरा गर्दै गर्दा ३ करोडको ग्रस कारोबार गरेको निर्माता राजेश वंशलले जानकारी दिए । कात्तिक ३ गते फूलपातीबाट यो  फिल्म हलमा लागेको थियो । फिल्मले गत शनिबार मात्र २० लाख ग्रस गरेर थप कमाईको संकेत गरेको हो ।

एजेन्सी, मुम्बई, 2015-11-02, सोमवार

बलिउड अभिनेता साहरुख खानले आफ्नो ५० औं जन्मदिनको अवसरमा आफ्नो फ्यानलाई फ्यान उपहार दिएका छन् । सन् २०१६ अप्रिल १५ मा प्रदर्शनमा आउन लागेको फिल्म फ्यानको टिजर साहरुखले जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-11-01, आईतवार

नेपाली सिनेमाको एक समय थियो , अधिकांश चलचित्रहरुमा नायक राजेश हमाल र नायिका जल शाह जोडीका रुपमा देखिन्थे । अभिनयमा निकै नै अब्बल मानिएकी जल र चल्तिका नायक राजेशको जोडी निकै हिट नै थियो । यतीसम्म कि राजेश र जल विवाह गर्दैछन भन्ने समेत हल्ला तत्कालिन सिने बजारमा ब्याप्त थियो । तर सबै गसिपहरु लाई झुठो साबित गर्दै जलले अमेरिकि एन आर एन सरत  रिमालसँग लगन गाठो कसिन भने , राजेशले पनि मधु भट्टराईसँग बिहे गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-11-01, आईतवार

अभिनेता नरेन खड्काले अभिनय गरेको फिल्म ‘हमेशा’ र ‘परदेशी’ले राम्रो व्यापार गरे । नरेन ‘हमेशा’ ’बाट नै फिल्म क्षेत्रमा भित्रिएका हुन् । उनले अभिनय गरेको दुबै फिल्म हिट हुदा पनि नरेन भने असफल छन् । उनलाई फिल्म क्षेत्रदेखि दर्शकले खासै नोटिस गरेका छैनन् । फिल्म ‘हमेशा’ हिट हुदा अभिनेत्री रेखा थापाको मात्र नाम आयो, नरेन हराए ।

एजेन्सी, मुम्बई, 2015-11-01, आईतवार

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री आलिया भट्ट गहिरो प्रेममा छन् । तर, यो जोडी मिडियाको सामु आफ्नो प्रेम लुकाउन लागिपरेको छ ।मुम्बइमा आयोजित एक फिल्म फेस्टिबलमा पुगेको यो जोडीले एक अर्कालाई देखेको नदेखै  ग¥यो । कार्यक्रम अवधीभर सिद्धार्थ र आलिया एकसाथ देखिए । एकसाथ हिडे पनि, तर बोलेनन् । रोचक कुरा त के छ भने आलिया र सिद्धार्थले एक अर्कासँग चिनजान नै नभएको जस्तो व्यवहार देखाएका थिए ।

Results : 15367 - 15372 of 23747
Most Visited News (monthly)