Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15385 - 15390 of 24018
फिल्मीखबर, काठमाडौं, 2015-12-30, बुधवार
आउँदो प्रेम दिवस नेपाली फिल्म प्रेमी दर्शकका लागि बिशेष हुने देखिएको छ । प्रेम कथाले भरिपूर्ण भएका तीन फिल्म 'क्लासिक', 'प्रेम गीत' र 'चलेछ बतास सुस्तरी'का सार्वजनिक गीतले यस्तै छनक दिएको छ ।
 
फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

अभिनेत्री श्वेता खड्काले चण्डोल स्थित घर आँगन नेपालका बालबालिकालाई न्यानो लुगा वितरण गरेकी छिन् । श्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्म तिथिको अवसर मंगलबार पारेर घर आँगनामा आश्रित १५ जना बालबालिकालाई जाडोका कपडा वितरण गरेकी हुन् । उनले मोजा देखि लिएर टोपीसम्म वितरण गरेकी थिइन् । कपडा वितरणका लागि उनलाई बसन्त श्रेष्ठले समेत साथ दिएका थिए ।

फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

करिब ७ बर्ष पहिले सरकारले प्रस्ताव गरेको दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटी बनाउने योजनाको बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार आयोजित एक कार्यक्रममा बिरोध गरेपछि दोलखामा उनको पुत्ला दहन गरिएको छ । फिल्मसिटीको प्रस्तावसँगै काम समेत अघि बढ्दैगर्दा एक्कासी आएर प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्याक्तिले बिरोध गर्नु समग्र दोलखाबासी माथीको अपमान तथा अन्याय भन्दै स्थानिय राजनीतिक संगठन तथा पेशागत संस्थाले बिरोध गरेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

माघ महिना फिल्म क्षेत्रका लागि सुखद बन्ला कि सामान्य, समयले नै बताउनेछ । तर, फिल्म रिलिजको संख्या हेर्ने हो भने यो महिना निर्माताको करोडौ लगानी जुवामा लाग्ने छ । माघ महिनाका हरेक हप्ता कुनै न कुनै फिल्म एक आपसमा जुधिरहेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-29, मंगलवार

एक्सन चलचित्र ‘छल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । करिब दुई बर्षअघि निर्माण सुरु गरिएको यो चलचित्र यतिबेला भने रिलिजको लागि तयार भएको छ । शिबजीले निर्देशन गरेको यो चलचित्रले फस्टलुक पोस्टर सार्वजनिक गर्दै माग ८ लाई आफ्नो रिलिज मिति समेत तोकेको छ ।

फिल्मीखबर, क्यालिफोर्निया, 2015-12-29, मंगलवार

कालो काम गर्नेको सेतो कथा भनिएको फिल्म ‘रातो घर’को प्रिमियर अमेरिकामा गरिएको छ । अमेरिकाको क्यालिफोर्नियामा पर्ने ओकल्याण्ड शहरमा फिल्मको प्रिमियर गरिएको हो । 

Results : 15385 - 15390 of 24018