
बलिउड फिल्म ‘धूम’को चौथो शृंखला बन्ने खबरसँगै यसमा अभिनय गर्ने कलाकारको बारेमा अनुमान थालिएको छ । केही दिन पहिले ‘धूम ४’ माअमिताभ बच्चन र ऋतिक रोशनले अभिनय गर्ने चर्चा चलेको थियो तर त्यसको साता नबित्दै अमिताभ हैन बाहुबली स्टार प्रभासले अभिनय गर्ने चर्चा सुरु भएको छ ।

हलमा फिल्म नआइन्जेलसम्म, त्यो फिल्म चल्छ भन्नु बेकार छ । केही फिल्म घोषणा भएपनि बन्दैनन् त केही फिल्म बनेर पनि हलमा आउछन् या आउदैनन् टुंगो लाग्दैन ।

फिल्म सफल हुँदा त त्यसमा काम गर्ने सबै मख्ख पर्छन् । तर, फिल्म नचल्दा त्यसको जिम्मेवारी कसले लिने भन्नेमा नै दुविधा देखिन्छ । फिल्म नचल्दा त्यसको जस सबैभन्दा धेरै निर्देशक र कलाकारमा जान्छ । तर, सधै फिल्म कलाकार र निर्माताको कारणले मात्र असफल हुन्छ भन्ने छैन । कहिलेकाही फिल्म प्रदर्शनको समय मिलाउन नसक्दा पनि सम्भावना भएका फिल्मले हावा खाएका छन् ।

हिन्दुहरुको महान पर्ब बिजया दशमीको मौका छोप्दै फुलपातिका दिन सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘सुश्री’को ब्यापार दिन प्रतिदिन उकालो लाग्दैछ । अन्य तीन बलिया फिल्म संग जुध्न पछि नपरेको ‘सुश्री’को कमजोर प्रचार र हल संख्या अत्यन्त न्युन हुदाहुदै पनि पछिल्लो समयमा भने माउथ पब्लिसिटीकै कारण ब्यापार बढ्न थालेको यसका निर्माता तथा बितरक बताउछन् ।

राजेश हमाल हमाल पछिल्लो समय पर्दामा खासै जम्न नसकेको आरोप लागिरहँदा विल्कुलै फरक परिवेश र फरक विषयबस्तुमा हमाल ‘बाग्मती’ मार्फत पुनरागमन जनाउँदैछन् । आउँदो पौष २४ मा रिलिज हुने चलचित्रको तर्फबाट हालै सार्वजनिक केहि प्रचार सामग्रीहरुले नै ‘बाग्मती’ले हमालको पुरानो क्रेजलाई पुनः स्थापित गर्ने आँकलन सुरु भएको छ ।

गोपिकृष्ण हल म्यानेजर तिर्थ पौडेललाई प्रहरीले हिरासतमा लिएको छ । उनलाई प्रहरीले मंगलबार हल परिसरबाटै समातेको हो । मंगलबार प्रहरीले गोपिकृष्ण हलमा छापा हानेको थियो ।हल परिसरमा जुवाको खेल खेलाएको भन्दै प्रहरीले तिर्थ पौडेल र उनका भतिज इश्वर पौडेललाई समातेको हो ।

