बैशाख १२ मा रिलिज हुने फिल्म 'राहदानी'को ट्रेलर तथा गीत सार्वजनिक गरिएको छ । सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको यो फिल्मको ट्रेलर तथा समावेश एक मारुनी गीत एकसाथ सार्वजनिक गरिएको हो ।
ट्रेलरमा चलचित्रका मुख्य ३ गीतलाई महत्व दिइएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्देशक डब्बु फिल्मको प्रचारलाई तिब्रता दिने सुरमा छन् । जस अनुसार नै ट्रेलर र गीत एकसाथ सार्वजनिक गरकेो उनले बताए । सार्वजनिक मारुनी गीतमा बसन्त सापकोटाको संगीत छ भने नीशा देशारको स्वर समावेश छ ।
वैदेशिक रोजगारीको कथा बोल्ने यो फिल्ममा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल लगायत लिड रोलमा छन् । फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् ।

