Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15349 - 15354 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-01-06, बुधवार

माघ २९ नेपाली फिल्म रिलिजमा ऐतिहासिक बन्ने त निश्चित भईसकेको छ  । ब्यापक प्रचार र मिडियाबाजी सहित दुई फिल्म उदाएको ’दाउ’ जस्नै बनिसकेका छन् । तर यी दुईसँगै भिड्ने अर्को फिल्म ’चलेछ बतास सुस्तरी’ भने प्रचारमा मौन  छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-06, बुधवार

नेपाली फिल्मका लागि चैत्र महिनाको अन्तिम साता यस्तो डेट हो, जसलाई नेपालका हस्ती निर्माता आफ्नो भन्छन् । यस्तो लाग्छ, यो डेट उनीहरुले फिल्मको रिलसँगै बोकेर आएका हुन् । अनि, त्यो डेटमा उनीहरु मात्र आउनुपर्छ, अरु आउनु भनेको ठूलो गल्ती गर्नु हो ।

फिल्मीखबर, काठमाडौं, 2016-01-05, मंगलवार

अभिनेता राजेश हमाल र शिव श्रेष्ठले बर्षौपछि सँगै काम गरेको फिल्म हो, ‘बागमती’ । यही शुक्रबारबाट रिलिजको क्रममा रहेको साउथ ईण्डियन निर्देशकको यो फिल्मप्रति दर्शकदिर्घामा त उत्सुकता र कौतुहलता छ नै यस फिल्मसँग जोडिएका कलाकारहरुको समेत मन ’ढुकढुक’ छ रे ! मंगलबार राजधानीमा सँगै भेटिएका हमाल र शिवले फिल्मलाई लिएर बैचेनी रहेको बताए ।

फिल्मीखबर, काठमाडौं, 2016-01-05, मंगलवार

निर्देशक सावित्री खत्री आफ्नो प्रदर्शोन्मुख फिल्म ’काफल पाक्यो’लाई लिएर उत्साहित छिन् । माघ १ म रिलिज हुने यो फिल्म चल्ने, दर्शकको माया पाउने अनि उनको करियरमा नयाँ आयाम थप्ने विश्चास खत्रीमा छ । रिलिज मिति नजिकिँदै गर्दा प्रचारमा व्यस्त उनी आफ्नो फिल्म खास नेपाली फिल्म बनेको जिकिर गर्छिन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-05, मंगलवार

अहिले अभिनेत्रीहरुलाई गायिका बन्ने होड नै चलेको छ । कुन अभिनेत्री गायिका बन्ने र युटुबमा राम्रो दर्शक बटुल्ने भन्ने होडबाजी देखिन्छ । तर अभिनेत्री रेखा थापाले भने आफू युटुबमा गीत नगाउने बताइन् । तर  रेखाले लक्ष्मण सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म ‘लालजोडी’मा भने आवाज दिएकी छिन् । आज काठमाण्डौमा उनले गीत रेकिडङ गराइन् ।

फिल्मीखबर, काठमाडौं, 2016-01-05, मंगलवार

नेपाली फिल्म क्षेत्रका पुराना कलाकार सुनिल थापाले बलिउड फिल्ममा कमब्याक ‘मेरी कोम’ मार्फत गरिसकेका छन् । ‘मेरी कोम’मा सुनिल अभिनेत्री प्रियंका चोपडाको गुरुको रुपमा देखिएका थिए । सुनिलको कमब्याकलाई लिएर खुबै चर्चा भयो । उनै सुनिल थापाले अर्को बलिउड फिल्ममा पनि काम गर्ने भएका छन् ।

Results : 15349 - 15354 of 24018