
यूएसएआइडीले विभिन्न शीर्षकमा नेपाली सिरियल बनाउँदै आएका हो । सरसफाई, शिक्षा र समावेशी राज्य सहित अनेक विषयमा युएसआइडीले सिरियल बनाउँदै आएका उदाहरण छन् । र यस्ता अधिकांश सिरियल मह संचारले बनाउँदै आएको छ । उक्त संस्थाको सहयोगमा बन्ने सिरियलमा अधिकांश मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको टिमको संलग्नता हुन्छ ।

'कामचोर' फिल्मबाट अभिनयमा आएकी मोडल काजल खनालले हट फोटोसुट गरेकी छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी काजलले नग्न तस्विर खिचेर सबैलाई चकित पारेकी छिन् ।

नेपालको सवैभन्दा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो, मिस नेपाल । २० बर्षदेखि आयोजना हुदै आएको यो प्रतियोगितामा एक सुन्दरीले विजय हासिल गरेर भाग्य चम्काउँछिन् । उनको चर्चा खुबै हुन्छ ।तर, अधिकांश मिस नेपालका विजेताहरुले समाजका लागि उल्लेखनिय योगदान गरेको देखिदैन । बर्षभरी चर्चा पाएपनि नयाँ मिस नेपालले रिप्लेस गरिदिएपछि उनीहरु हराउने गरेका छन् । धेरै मिस नेपालको रोजाइमा त म्यूजिक भिडियो वा फिल्म नै छ ।

जतिबेला एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री थिए, त्यो समयमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारमा निर्देशक विमल पौडेलले फिल्म ‘जनयुद्ध’बाट उत्कृष्ट निर्देशकको अवार्ड जिते । बिमलको निर्देशनमा बनेको यो फिल्मले अन्य मुख्य विधामा पनि अवार्ड जित्यो । माओवादी सरकारमा भएको समयमा माओवादीकै फिल्मले अवार्ड पाउँदा चर्को आलोचना पनि भयो ।

आउँदो शुक्रबार प्रदर्शन हुने फिल्म ‘नागरिक’ले देशमा चलिरहेको राजनीतिलाई प्रतिबिम्बित गर्ने निर्देशक तथा कलाकारले दाबी गरेका छन् । सोमबार अनामनगरमा भएको औपचारिक कार्यक्रममा उनीहरुले यस्तो दाबी गरेका हुन् ।फिल्मलाई बिमल पौडेलले निर्देशन गरेका हुन् । उनले फिल्मले नेपाली पर्दामा विरलै देखिने राजनीतिलाई फिल्मको विषयवस्तु बनाएको जानकारी गराए । ‘हामी कहाँ राजनीतिलाई केन्द्रमा राखेर फिल्म बनाउने परम्परा छैन भने नी हुन्छ । तर नागरिक यसको सुरुवात हो । फिल्मले नेपाली राजनीतिलाई दुरुस्त देखाउने प्रयास गरेको छ,’ पौडेलले भने ।

अहिलेसम्म नगरेको कमेडी ब्राम्हणको भूमिका निर्वाह गरेर दर्शकलाई हँसाउन जीवन आउँदै छन् । केही महिना अगाडी रिलिज भएको फिल्मको प्रोमोले पनि जीवनको कमेडी भूमिकालाई झल्काई सकेको छ ।

