Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15373 - 15378 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-11-01, आईतवार

अभिनेत्री अशिष्मा नकर्मीले आइतबार बिहानै फेसबुकमा एउटा स्टाटस पोष्ट गरिन् । जसमा उनले पश्चिमा देशमा मनाइने हलोइन चाडको बिषयमा लेखेकी थिइन् । अशिष्माले नेपालीहरुमा गाइजात्रा भन्दा हलोइनको प्रभाव देखे भन्दै आफूले यसलाई कसरी लिउँ भनेर लेखेकी छिन् ।

एजेन्सी, मुम्बई, 2015-10-31, शनिवार

बलिउड अहिले आउँदो डिसेम्बर १८ हुने दुई फिल्म बीचको भिडन्तका कारण तातिएको छ । डिसेम्बर १८मा वर्षकै दुई ठूला निर्माता निर्देशकको भिडन्त हुने भएपछि सबैको ध्यान त्यता तानिएको हो । सो मितिमा शाहरुख खान काजोलको अभिनय र रोहित शेठ्ठीको निर्देशन रहेको ‘दिलवाले’ र रनवीर सिंह, प्रियंका चोपडा र दीपिका पादुकोनको अभिनय र संजय लिला भंसालीको निर्देशन रहेको ‘बाजीराव मस्तानी’ प्रदर्शन हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-10-31, शनिवार

नेपालमा हिटको व्यापार गरेको फिल्म ‘लबसब’ अब अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । फिल्म  आउँदो डिसम्बेर ७ का दिन सिड्नीमा प्रदर्शन हुन लागेको निर्माता सुशील पोखरेलले जानकारी गराए । सिड्नीबाट सुरु भएको विदेश यात्रा मेलबर्न, एडिलेड, क्यानबेरा हुँदै न्युजिल्याण्ड, कतार, डेनमार्क, फिनल्याण्ड, , जापान लगायत देशमा पनि प्रदर्शन हुने निर्माता पोखरेलले बताए ।

फिल्मीखबर, काठमाडौं, 2015-10-31, शनिवार

अभिनेता दीपक राज गिरीले मधेशी नेता उपेन्द्र यादवलाई फेसबुकबाट चिठ्ठी लेख्दै धोती हैन आफूलाई सिरक मान्न आग्रह गरेका छन् । उनले लेखेका छन्,‘आदरण्ीाय उपेन्द्र यादवजी तपाइँले भन्नु भएछ, हामीलाइ ८ जिल्लाको लगौटी होइन २२ जिल्लाको धोती चाहियो ! हुन त तपाइँ मभन्दा धेरै बौद्धिक मान्छे । म त सामान्य कलाकार मात्रै हूँ, तर तपाइँको भनाईमा तपाइँ कहाँ चुक्नु भयो भने २२ जिल्लाको धोती मात्रै होइन ७५ जिल्लाको सिरक नै तपाइँकै होइन र ?

फिल्मीखबर, काठमाडौं, 2015-10-30, शुक्रवार

हिमालय टेलिभिजनमा धमलाको हमला संचालन गर्दै आएका पत्रकारले नेपाली अभिनेत्रीहरुमाथि गरेको प्रश्नले अहिले सामाजिक संजालमा ठूलो बहसको बिषय बनाएको छ । अभिनेत्री प्रियंका कार्कीपछि धमलाले अर्की अभिनेत्री ऋचा शर्मालाइ सोेधेको प्रश्नले चर्को आलोचना भोगिरहेको छ । उनले अभिनेता विनय श्रेष्ठसँग बिहे नगरेपनि बिहेपछि गर्ने काम गर्नु भयो या भएन भनेर प्रश्न गरेका छन् । धमलाको यो प्रश्नले एउटा पत्रकारको अचारसंहिताको सिमा नाघेको छ ।

फिल्मीखबर, काठमाडौं, 2015-10-30, शुक्रवार

कलाकारले भाउ खोजेर समय नदिएपछि फिल्मको निर्माण यूनिट कती तनावमा पर्छ भन्ने निर्माता गोपाल कायस्थले राम्रोसँग भोगिरहेका छन् ।अभिनेत्री निशा अधिकारीको कारण अहिले गोपाललाई उनी निल्नु न ओकल्नु भएकी छिन् । निशा फिल्म क्षेत्रमा खासै जमेकी अभिनेत्री होइनन् । उनको हातमा फिल्म पनि छैन । तर, ट्रेकिङ र हिमाल चढ्ने भन्दै उनी बारम्बार हिडेपछि गोपाललाई समस्या भएको हो ।

Results : 15373 - 15378 of 23747
Most Visited News (monthly)