Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

करण जोहरसँग फेरी पनि काजोल

फिल्मीखबर, काठमाडौं, 2016/03/10
सन् २००३ मा करन जोहरको फिल्म 'कल हो न हो'मा काम गरेकी बलिउड अभिनेत्री काजोल पुनः करनको फिल्ममा देखिने पक्का भएको छ । अपकमिङ फिल्म 'ए दिल है मुश्किल'मा करन र काजोलको टिमअप भएको हो ।
 
फिल्ममा काजोल केमियो रोलमा मात्र हुने बताईएको छ । करणको यो फिल्ममा रणविर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा लिड रोलमा हुने पक्का भईसकेको छ । काजोलसँगै सैफअली खान पनि फिल्ममा केमियो रोलमा देखिने पक्का भएको छ । 
 
काजोल र करणको टिमअप यसअघि धेरैपटक जमिसकेको छ । 'कल हो न हो' पछि २००६ मा 'कभी अलबिदा न कहना' र २०१२ मा 'स्टुडेण्ट अफ दि ईयर'मा बनेका करणका फिल्ममा काजोल देखिएकी थिईन् । यो पहिले १९ को दशकमा बनेका करणका 'कुछ कुछ होता है' लगायत तीन फिल्ममा पनि काजोल देखिएकी थिईन् ।
Most Visited News (monthly)