'चपली हाईट' सिक्वेल टिम बिहिबारदेखी फ्लोरमा गएको छ । दिपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म 'चपली हाईट २'को कार्यविनायक मन्दिरमा पुजा अर्चना गर्दै मुहर्त गरिएको हो ।
निर्मातादेखी निर्देशक तथा कलाकारहरुले कार्यविनायकमा फिल्म सफलताको कामनासहित पुजा गरे । बिहिबारबाट नै छायाँकन सुरु भएको छ । फिल्ममा अर्जुनकुमारको लगानी रहनेछ । अर्जुन र दिपेन्द्रकै टिमअपमा 'चपली हिट बनेको थियो ।
शहरको यथार्थकथा बोल्ने भनिएको फिल्ममा मरिश्का पोखरेल, आयुष्मान देशराज र परमिता राणा लिड रोलमा हुनेछन् । 'चपली हाईट'मा अभिनयमा रहेका कोही पनि कलाकार सिक्वेलमा दोहोरिएका छैनन् । सबै कलाकारको लागी यो फिल्म नया्ँ हुनेछ । फिल्मलाई जेठमा रिलिज गरिने यसअघि नै बताईसकिएको छ ।

