म्युजिक भिडियोमा जमेका सौरमराज तुलाधर र अकेशा विष्ट फिल्ममा आए 'जीन्दगी रक्स' भन्दै । तर मोडलिङमा जति जमेका थिए यी दुईको त्यतीकै उद्धार फिल्ममा हुन सकेन् । अभिनयले चर्चा पाएपनि दर्शकले पत्याएनन् ।
उता एक समय मोडलिङमा राम्रै जमेका केकी अधिकारी र बिमलेश अधिकारीको कुरा भने अर्कै पर्यो , मोडलिङमा धेरै पटक सँगै देखिएका यी दुईले फिल्ममा आएपछि बाटो मोडे । केकी फिल्ममा राम्रै जमेकी छिन्, बिमलेशले ब्रेकफेल'बाट फेल खाएपछि पछिल्लो पटक 'जंगबहादुरको कोट' पहिरे । यो फिल्म रिलिज नै भएको छैन् तर उनि भने अमेरिका हानिईसकेका छन् ।
हुन् त मोडलिङबाट फिल्मीपर्दामा आउनेहरुकै कुरा गर्ने हो भने राम्रै चर्चा पाएका र केहि हदसम्म सफल भएका धेरै अभिनेत्रीहरु छन् । प्रियंका कार्की, निशा अधिकारी, केकी अधिकारी, रिमा विश्वकर्मासम्म म्युजिक भिडियो हुँदै फिल्ममा आउने हिरोईनहरुको सुचीमा पर्छन् ।
प्रशंग जोडौं, यो बर्षको अन्तिम शुक्रबाट रिलिजको क्रममा रहेको फिल्म 'नाई नभन्नु ल ४'को डेब्यु जोडी पल शाह र बर्षा राउतको । मोडलिङमा जमेका यी दुई अनुहार फिल्ममा कति सफल होलान् प्रतिक्षाको विषय छ । 'नाई नभन्नु ल' शिर्षकले फिल्मको बिजनेसमा प्रभाव देखिनु आफ्नो ठाउँमा छ तर फिल्म चल्दैगर्दा पनि लिड कलाकार पल र बर्षाको काम कस्तो देखिन्छ त्यो महत्वपुर्ण मानिनेछ ।
पर्दा बाहिर पल शाहको आक्रामक फ्यान फलोईङ छ । आकर्षक लुक्सका धनि पललाई मन पराउनेहरु धेरै हुँदा नै उनको व्यस्तता म्युजिक भिडियोमा बढेको हो तर ५ मिनेट आसपासको भिडियोमा राम्रै कमाल गरेका उनले २ घण्टा लामो फिल्ममा कस्तो काम गर्छन्, त्यसैले नै नेपाली फिल्ममा उनको करियर निर्धारण हुनेछ । अर्की डेब्यु अभिनेत्री बर्षाको हकमा पनि लागु हुने कुरा यही नै हो ।

