Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`सयपत्री` घोषणा | सुरज सिंहले खोले फिल्म खेल्नुको रहस्य

फिल्मीखबर, काठमाडौं, 2016/03/09
प्रेम कथामा फिल्म 'सयपत्री' बन्ने भएको छ । बुधबार राजधानीको एक तारे होटलमा आयोजित कार्यक्रमका बीच फिल्मको औपचारिक रुपमा निर्माण घोषणा गरियो । कार्यक्रममा सैनिकको प्रेमकथा बोल्ने यो फिल्मको फर्स्टलुक अनावरण प्रधानसेनापति राजेन्द्र क्षेत्रीले गरे । 
 
 
यसअघि औसत व्यापारसँगै समिक्षकहरुबाट राम्रो समिक्षा भेटेको फिल्म 'माला' निर्देशन गरेका सुदीप बब्बी भूपाल सिंहले यो फिल्ममा एक्शन कट गर्दैछन् । कार्यक्रममा बोल्दै निर्देशक बब्बीले प्रेम, रोमान्स र द्वन्द्वको समिश्रणको रुपमा 'सयपत्री' बन्ने बोले । 
 
 
त्यस्तै निर्माता सुनिल श्रेष्ठले स्कृप्ट, निर्देशक र कलाकारसँगै सम्पुर्ण फिल्म युनिटमा भरोषा रहेकोले नै 'सयपत्री'मा लगानी गरेको बताए । फिल्ममा सुरजसिंह ठकुरी, आकांक्षा कार्कीसँगै सन्दिप क्षेत्री लिड रोलमा हुनेछन् । 
 
अभिनेता सुरज र अभिनेत्री आकांक्षाले पनि आफुहरु दुबै सैनिक परिवारको सदस्य रहेको भन्दै सोही बिषयमा बन्न लागेको फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिए । रियल लाईफमा सैनिक बन्न खोज्दा पटक-पटक असफल भएको खुलाउँदै सुरजले रिल लाईफमा भएपनि यो अबसर पाएकोमा खुसी लागेको बताए । 
 
फिल्म कहिलेबाट फ्लोरमा जाने भन्ने कुरा खुलाईएको छैन । तारे होटल (होटल हिमालय)मा फिल्मको घोषणा समारोह सबैतिर फूल नै फुलले सिंगारिएको थियो । हेर्दा लाग्थ्यो यो प्रकारको व्यवस्थापनका बीच नेपालमा कमै फिल्मको घोषणा गरिन्छ ।
Most Visited News (monthly)