Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

'वीर विक्रम'मा दयाहाङ र दीयाबीच माया साटासाट (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/03/10
मिलन चाम्स निर्देशित फिल्म 'वीर विक्रम'को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक 'सारे सारे..' बोलको गीतमा दयाहाङ राई र दिया पुनः फिचरिङमा छन् ।
 
प्रेमभाव बोल्ने उक्त गीतमा स्वर दीपा लामा र ताराप्रकाश लिम्बुको छ । कर्णप्रिय गीतमा शब्द दिनेश राउतको तथा संगीत पनि गायक लिम्बुको नै छ । रेनशा वान्तवा राईले कोरियोग्राफी गरेकी छिन् । गीतमा दयाहाङको विल्कुलै फरल अबतार भेट्न सकिन्छ । 
 
यो फिल्ममा दयाहाङ र दियासँगै अनुपबिक्रम शाही र अर्पण थापा पनि लिड रोलमा छन् । सामाजिक कथा बोल्ने फिल्मको अप्रिल २ मा लण्डनमा प्रिमियर हुँदैछ र त्यसपश्चात हङकङ प्रिमियरको तयारीमा पनि निर्माण युनिट छ । यद्धपी फिल्मको नेपाल रिलिज भने तय भईसकेको छैन् ।
 
Most Visited News (monthly)