

क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको सम्बन्ध टुटेको खबर छ । यसको दरिलो प्रमाणको रुपमा विराटले अनुष्कालाई आफ्नो ट्विटर र इन्स्ट्राग्रामबाट नै अनफलो गरेका छन् । तर, अनुष्काले भने विराटलाई अनफलो गरेकी छैनन् ।

नेपाली फिल्ममा पहिलो पटक प्रयोग गरिएको प्रोफाइल परिवर्तनको अभियानले क्लासिक फिल्मलाई फाइदा दिएको छ । करिब १५ हजार भन्दा बढीले यसको प्रोफाइललाई परिवर्तन गरिसकेका छन् । केही दिन अगाडि काठमाण्डौ बाहिरका विभिन्न स्थानमा पुगेर आएका क्लासिक फिल्मका निर्देशक दिनेश राउतलाई प्रोफाइलमा क्लासिक राख्ने फन्डाले काम गरेको भन्ने लागेको छ ।

बलिउड स्टार अक्षयकुमार अभिनित फिल्म 'एयरलिफ्ट' बर्ष २०१६ को सर्वाधिक कलेक्शन गर्ने फिल्म बनिसकेको छ । बर्ष प्रारम्भको पहिलो महिनामा प्रदर्शनमा आएको यो फिल्मले सय करोडको बिजनेश आँकडा पार गर्दैगर्दा १सय ५७ प्रतिशत फाईदामा छ ।

संगीतकार चेतन सापकोटाले कार्यकारी निर्माता बनेर पहिलो पटक लगानी गरेको फिल्म 'भाग् सानी भाग्'को नयाँ गीत रिलिज भएको छ । 'यो के भाको' बोलको सार्वजनिक गीतका शब्द दर्शकको मनमा बस्ने खालका छन् । जहाँ लिड अभिनेता सविन श्रेष्ठ र अभिनेत्री केकी अधिकारी फिचरिङमा छन् । भिन्न लोकेशनमा खिचिएको यो गीतको भिडियोमा समावेश दृश्यहरु पनि मनमोहक छन् ।

आफ्नो जन्मदिनमा निर्देशक नारायण पुरीको तर्फबाट फिल्मको पटकथा उपहार पाएका अभिनेता तथा निर्माता हसनराजा खान अब नयाँ फिल्ममा देखिने भएका छन् । नारायण पुरीले उपहार दिएको कथामा अहिले काम भैरहेको छ । तर यो भन्दा अगाडि नै हसन रोमियो शीर्षकको फिल्ममा देखिने भएका छन् ।

