मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

'के म तिम्रो होईन र' रोमान्टिक गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/04/22
केहि हप्ता पहिले सार्वजनिक ट्रेलरबाट राम्रो चर्चा र तारिफ बटुलेको फिल्म 'के म तिम्रो होईन र' को रोमान्टिक गीत रिलिज भएको छ । बैशाख ३१ रिलिज फिल्मको सार्वजनिक गीतमा लिड कलाकार आर्यन अधिकारी र मरिष्का पोखरेल फिचरिङमा छन् । 
 
सार्वजनिक गीतमा समावेश गीतको लोकेशन तथा संगीत तारिफयोग्य छ । यो गीतमा देखाएको कलाले पनि आर्यन पुनः वाही-वाहीका पात्र बन्नेमा शंका छैन् । जहाँ मरिष्काको काम पनि तारिफ गर्न लायक छ ।
 
मुस्ताङको सुन्दर दृश्य समावेश गीतको शब्द कृष्णहरी बरालको हो भने संगीत बसन्त सापकोटाको छ । 'रुक रुक' बोलको गीतमा स्वर मिलन अमात्य र प्रल्हाद तिमिल्सिनाको छ । 
 
आमाश अधिकारीको निर्देशन रहेको फिल्ममा सुरेश अधिकारी निर्माताको रुपमा छन् । फिल्म अधिकारी ब्रदर्स पिक्चर्सको व्यानरमा तयार भएको हो । 
 
हेर्नुहोस गीतः