Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15241 - 15246 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-02-01, सोमवार

शुक्रबार अर्थात माघ २२ गतेबाट नेपालभर रिलिज हुने फिल्म हो, कैफियत । कैफियतका निर्देशक हुन् दशरथ गिरी । दशरथले यसअघि फिल्ममा सम्पादन र भीएफएक्सको काम गर्दै आएका थिए । उनले आफ्नो फिल्ममा उच्च प्रविधिको प्रयोग गरिएको दाबी गर्दै फिल्म कैफियत कथासँगै प्रविधिको प्रयोगका लागि पनि हेर्नुपर्ने जिकिर गर्दै आएका छन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-01, सोमवार

फिल्म‘संरक्षण’को छायांकन सुरु गरिएको छ । अघोषित नाकाबन्दी केही खुकुलो भएपछि यो फिल्मको छायांकन पनि सुरु गरिएको हो । काठमाण्डौ, विरगञ्ज र हेटौडामा फिल्मको छायांकन हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-31, आईतवार

निर्माण भएको करिब २ बर्षपछि प्रदर्शनमा आउन लागेको अभिनेता आर्यन सिग्देल अभिनित फिल्म ‘आवेग’ हेर्नका लागि अब बालबालिकाका लागि बाबु आमाको साथ चाहिने भएको छ । चलचित्र सेन्सर बोर्डबाट यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ । यसको अर्थ हुन्छ, फिल्म हेर्नका लागि बालबालिकालाई बाबु आमाको साथ चाहिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-31, आईतवार

दुई दिनमा ४२ लाख ग्रस कलेक्शन गरेको फिल्म ‘पशुपति प्रसाद’ले पनि नेपाली फिल्मको सुस्ताएको माहोल तताउन सकेन । शनिबार बिदाको दिन देशभरका ६० पर्दाबाट जम्मा २५ लाख ग्रस गरेको फिल्मले पहिलो दिन १७ लाख मात्र कमाउन सक्यो । प्राय नेपाली फिल्मको व्यापार पहिलो दिन भन्दा दोश्रो दिन अर्थात शनिबार दोब्बर भन्दा धेरै हुन्छ । तर ‘पशुपति प्रसाद’को व्यापार झन् ओरालो लागेको देखियो ।

एजेन्सी, मुम्बई, 2016-01-31, आईतवार

अभिनेता रणवीर कपुर र अभिनेत्री कट्रिना कैफको प्रेममा ब्रेक लागिसकेको छ । कुनै समय बिहे गर्नका लागि समेत तयार देखिएको यो जोडी अन्तत अलग हुने निर्णयमा पुग्यो । कट्रिना र रणवीरको प्रेममा देखिएको ब्रेकअपले बलिउड मात्र नभई उनका फ्यानलाई पनि चिन्तित बनाएको छ ।

फिल्मीखबर, काठमाडौं, 2016-01-29, शुक्रवार

चलचित्र ‘राहदानी’को मलेशियामा छायाँकन गरिएको बियोगान्तक गीत ‘जिन्दगीको गोरेटोमा हिड्दा हिड्दै पुगेँ कते...’को भिडियो बिहिबारबाट सार्वजनिक गरिएको छ ।
सामाजिक सञ्जाल यु ट्युव, तथा विभिन्न टेलिभिजन च्यानलबाट यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

Results : 15241 - 15246 of 24018