Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शिवमको निर्देशनमा दोश्रो फिल्म बन्दै, गायक सुनिल बने निर्माता

फिल्मीखबर, काठमाडौं, 2016/04/22
सय बढि फिल्म लेखिसकेर पछिल्लो पटक 'शुश्री' नामक फिल्मबाट निर्देशनमा डेब्यू गरेका शिवम अधिकारीले दोश्रो फिल्म निर्देशन गर्ने भएका छन् । फिल्मीखबरसँगको कुराकानीमा शिवमले एटिनएजर्स लभस्टोरी'मा बन्न लागेको फिल्म निर्देशन गर्ने पक्का भएको खुलाए ।
 
 
जेठको दोश्रो हप्ताबाट फ्लोरमा जाने भनिएको अनटाईटल प्रोजेक्टको लागी कलाकारहरु तय हुन बाँकी छ । शिवमले नाम चलेका कलाकारलाई भन्दा पनि आफ्नो फिल्मको कथा अनुसार युवा पिढीका कलाकरहरुलाई स्थान दिईने बताए ।
 
फिल्ममा लगानी गायकको रुपमा स्थापित तथा यसअघि 'नबोलेनी हाँसिराख न' फिल्ममा अभिनय गरेका सुनिल सिंह ठकुरीको रहनेछ । भने संगीत दिपक शर्मा, निर्माता सुनिलको रहनेछ । फिल्ममा समावेश हुने रोमान।टिक फ्लेभरको दुई गीत रेकर्ड भईसकेका छन् ।
 
रामेश्वर कार्कीले खिच्ने फिल्ममा नृत्य राम्जी लामिछानेको र द्वन्द्व रोशन श्रेष्ठको रहने समेत पक्का भएको छ । काठमाडौंमा घटेको नेवार ब्राहमण परिवारका युवा युवतीको यथार्थ कथालाई फिल्मले बोल्ने निर्देशक शिवमले बताए ।
Most Visited News (monthly)