
माघ २२ मा तीन फिल्मको भिडन्त हुने पक्का भईसक्यो । चपलि गर्ल बिनिता बरालको 'सुपरहिट' नन्दिता केसीको ''कैफियत' तथा 'बिन्दास ३' तीन फिल्म पर्दामा आउने पक्का भईसक्दा यसैपनि चर्चित फिल्म रिलिज हुँदैगर्दा गर्मेको माघ महिनाको माहोललाई यो भिडन्तले थप रोचक बनाउँदैछ ।

बलिउड स्टार अभिनेता आमिर खानले २००९ सालको ब्लकबस्टर फिल्म 'थ्री ईडियट्स'को सिक्वेल बन्नसक्ने संकेत गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा उपस्थित हुँदै गर्दा मिडियाकर्मीले राखेको जिज्ञासामा आमिरले कमेडी जनराको उक्त फिल्मको सिक्वेल बन्ने तयारी भईसकेको कुरा खुलाएका हुन् ।

नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष तथा फिल्म निर्माता नवल खड्काले चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले आर्थिक हिनामिना गरेको आरोप लगाउँदै छानबिन गराई पाउँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीले निकै हल्लाखल्ला मच्चाएको छ ।

गुरुङ सँस्कारमा आधारित नेपाली फिल्म 'तिमी नभए’ बन्ने भएको छ । हंग्री आई फिल्म प्रोडक्शनको ब्यानरमा बन्ने यो फिल्मको बुधबार पोखरामा शुभमुर्हत भएको छ । केहि दिनमै सुटिङ फ्लोरमा जाने फिल्मलाई नौजंग गुरुङले निर्देशन गर्दैछन् ।

अमेरिका जानु अगाडि फिल्म ‘बाबुसाहेब’ बनाएर चुर्लुम्म डुबेकी थिइन् अभिनेत्री करिश्मा मानन्धर । त्यसकै तोडले करिश्मा अमेरिका पलायन् भइन् र फर्केर हिरोइनमा कमव्याक गर्ने प्रयास पनि गरिन् । तर उनको कमव्याक गतिलो बन्न सकेन । यसैले अब उनी राजनीतिमा लागेकी छिन् । करिश्माको चर्चा सुन्दरताले बढी भयो । कामले कम चर्चा पाएपछि सुन्दरता आफैमा फिक्का हुन्छ । करिश्माको हकमा पनि यस्तै लागू भयो ।

अचम्मको कुरा हुन्छ कलाकारका लागि । कोही फिल्म चल्दा पनि चर्चित हुँदैनन्, कोही नचलेर पनि चर्चित बन्छन् । फिल्म ‘लोफर’ चल्दा अभिनेत्री रजनी केसीको उचाई यतिधेरै थियो कि, मानौ उनी अबकी नयाँ स्टार हुन् । फिल्म रिलिज नै नहुँदा पनि कोही कलाकारले यतिधेरै चर्चा पाएको कमै सुनिएको थियो ।

