मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

'किङ'मा निखिललाई चुनौती दिन अनुपबिक्रमको आगमन

फिल्मीखबर, काठमाडौं, 2016/04/22
दर्शकमा पहिलो पटक 'हँसिया' फिल्मबाट नोटिस भएका खलपात्र अनुपबिक्रम शाही निखिल उप्रेती लिड अभिनयमा रहने फिल्म 'किङ'मा अनुबन्ध भएका छन् । निर्देशक सविर श्रेष्ठले यो कुराको पुष्टि गरे । 
 
हप्तादिन भित्रै फ्लोरमा जाने फिल्ममा शुक्रबार अनुपबिक्रमसँग निर्माण टिमको सम्झौता भएको हो । फिल्ममा निखिल र वेनिशा हमाल यसअघि नै फाईनल भईसकेका थिए । केहि दिन पहिले भएको मुहर्तको समाचारले नै फिल्मले एक प्रकारको हाईप बनाईसकेको छ ।
 
जयन श्रेष्ठको लगानी रहने फिल्मलाई लभस्टोरी सँगै एक्शन जनरामा राखिएको  छ । यो फिल्ममा नृत्य निर्देशक राम्जी लामिछानेको रहने पक्का भईसकेको छ भने संगीत बसन्त सापकोटा र दिनेश सुनामको छ । 
 
आउँदो दशैंमा रिलिजको तयारी सहित फ्लोरमा जान लागेको फिल्ममा निखिल, वेनिशा र अनुपको क्यामेष्ट्री जम्ने आशा छ । राम्रो फ्यान फलोईङ भएका निखिल र अनुपको द्वन्द्व समेटिने फिल्म दर्शकले खोजे अनुसार बन्ने आशा गर्न सकिन्छ ।