
पूराना छायाँकार दिपक ढकालले यो संसारबाट बिश्राम लिएका छन् । हृदयघातका कारण विगत केहि दिनदेखि भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा रहेका ७० बर्षिय ढकालको बिहिबार निधन भएको हो

चकलेटी हिरो आर्यन सिग्देल गत बर्ष एक्शन अबतारमा देखिए फिल्म 'नाईके'मार्फत । फिल्मले राम्रोसँग बिजनेश गर्न सकेन् । त्यससँगै उनको एक्शन समेटिएको अर्को फिल्म आयो 'अलविदा' । यो पनि राम्रो बिजनेश नगरी बिदा भयो ।

अभिनेत्री रेखा थापाले केही दिन अगाडि नाकाबन्दीको बिषयमा किन बोल्नु भएको छैन भनेर संचारमाध्यमले सोधेको प्रश्नमा फेसबुकमा लेख्दैमा र सडकमा उत्रदैमा विरोध नहुने बताइन् । उनले मधेसका दलसँग आफूले वार्ता गरिरहेको समेत बताएर कुरा सुन्नेको गाली पनि खाइन् ।

अभिनेत्री गरिमा पन्तको चहलपहल अहिले फिल्म क्षेत्रमा सुनसान देखिएको छ । फिल्म 'झोला' चल्दा गरिमा खुबै चर्चित भएकी थिइन् । यसपछि गरिमा ओझेल परिन् ।

साउथ सुपरस्टार रजनिकान्तका जति फिल्म आउँछन् प्रायः सबै बक्सअफिसमा हिट हुन्छन् । रजनीकान्तको नामले नै फिल्म चल्छन्, त्यसैले पनि निर्माता निर्देशक उनलाई आफ्नो फिल्ममा लिन मरिमेटेर लाग्छन् ।

यशराज ब्यानरबाट २०१६ मा बन्ने नयाँ फिल्मको लागि ऋतिक रोशनको नाम चर्चामा थियो । अब भने उनी सो ब्यानरको फिल्ममा नदेखिने पक्कापक्की जस्तै भएको छ ।

