बैशाख १० बाट प्रदर्शनरत फिल्म ‘हाउ फन्नी’ले दुई दिनमा ५० लाखको ग्रस गरेको निर्देशक निलु डोमा शेर्पाले जानकारी गराएकी छिन् । । प्रदर्शनको पहिलो दिन शुक्रबार राजधानीका हलहरुमा अकुपेन्सी ७० देखि ९० प्रतिशतसम्म पाएको यस फिल्मले शनिवार भने हाउसफुलको ब्यापार गर्न सफल भएको छ ।‘राजधानीका प्राय हल हाउसफुल छन् , शनिवारको बिजनेशले निकै उत्साहित छु निलुले हल भ्रमण पश्चात उत्साहित हुँदै सुनाइन ।
राजधानी बाहिर पहिलो दिन २२ हल पाएको फिल्मले दोस्रो दिन २५ हल पाएको थियो । राजधानी मा भने यसले पहिलो दिन १५ हल पाएको थियो भने दोस्रो दिन यसको मल्टिप्लेक्समा शो बढेको थियो । क्युएफएक्समा २ शो बढको थिया भने क्युज , बिग , एफक्युब लगायतले पनि दोस्रो दिन ‘हाउ फन्नी’ को शो बढाएका थिए ।
मल्टिप्लेक्समा बिक्ने अनुहारहरुको राम्रो उपस्थिति रहेको यो फिल्म सिंगल स्क्रिनमा पनि हाउफुलको ब्यापार गर्दै अगाडी बढेको कारण फिल्म युनिट निकै उत्साहित छ । ‘हामीले मल्टिप्लेक्समा त राम्रै होला भन्ने सोचेका थियौ तर सिंगल स्क्रिन पनि हाउसफुल भईरहेको छ,’ निलुले उत्साहित हुदै सुनाइन । फिल्मले शुक्रबार १५ लाख र शनिवार ३५ लाख गरी कुल ५० लाख ग्रस गरेको हो ।
मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्मात्री रहेको यस फिल्ममा प्रियंका कार्की , केकी अधिकारी , दयाहाङ राई , निशा अधिकारी , अनुप विक्रम शाही , शिशिर राणा , विजय बराल लगायतको अभिनय रहेको छ । शान बस्न्यातको लेखन रहेको यस फिल्ममा दुइ जासुसको जासुसीलाइ कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

