शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'बाटो मुनिको फूल २'को शनिबार राजधानीमा बिशेष शो सम्पन्न भयो । जागरण मिडियाको तर्फबाट आयोजित उक्त शोमा फिल्मका प्रायः सबै कलाकार तथा निर्माण टिम उपस्थित हुँदा निर्देशक सुवर्ण थापा भने देखिएनन् ।

सुटिङ सकिएपछि नै निर्माता यशकुमार र निर्देशक थापाबीच चलेको विवादको पराकाष्ट शनिबारको शो मा पनि देखियो । लिड कलाकार यशकुमारसँगै बाबु बोगटी, अशिष्मा नकर्मी, ऋचा शर्मा, अर्पण थापा लगायत कार्यक्रममा उपस्थित थिए ।

फिल्मका कलाकारसँगै अन्य क्रियूलाई जागरण मिडियाको तर्फबाट सम्मानसहित मायाको चिनो प्रदान गरियो । सुरुमै निर्देशकलाई मायाको चिनो प्रदानको लागी उद्घोषकले नाम बोलाउँदा थापा उपस्थित थिएनन् उनको उपहार सहायक निर्दशकले थापे ।
.jpg)
तर आधा घण्टा लामो कार्यक्रम सकिँदासम्म कसैले निर्देशकलाई खोजेन् पनि । यो विषयमा निर्माता यशकुमारले केहि बोल्न पनि नचाहेको देखियो । मुख्यतः नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा फिल्मसँग जोडिएका सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।
फिल्म हेरिसकेपछि दर्शकले मिश्रित प्रतिक्रिया दिए । जातिय विभेदको कथा उठाएको फिल्मले छुवाछुतसँगै त्यससँगै जोडिएको खराब राजनीतिको कथालाई बोलेको छ ।

