मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.33/5.00)
Text size:-
+
-

थाहा पाउनुस् कस्तो रह्यो 'हाउ फन्नी' र 'बाटोमुनिको फूल २' को ओपनिङ ?

फिल्मीखबर, काठमाडौं, 2016/04/22
शुक्रबारबाट प्रदर्शनमा आएका दुई फिल्मको सुरुवाती विजनेस कस्तो रह्यो त ? पक्कै पनि फिल्म पारखी अनि सुभचिन्तकहरुको लागी जिज्ञाशाको विषय हो । 
 
 
फिल्मीखबरले आज प्रदर्शित दुई फिल्म 'हाउ फन्नी' र 'बाटोमुनिको फूल २'को शुक्रबारको विहानी तथा दिवा शो को रिपोर्ट प्राप्त गरेको छ । वितरक कम्पनि तथा हल सञ्चालकहरुबाट प्राप्त रिपोर्ट अनुसार पहिलो दिन मल्टिप्लेक्स हलमा 'हाउ फन्नी'को अकुपेन्सी माथी पाईएको छ ।
 
निलु डोमा शेर्पाको निर्देशन रहेको 'हाउ फन्नी'को मल्टिप्लेक्स हलहरुमा अकुपेन्सी ६० प्रतिशत पाईएको छ । भने 'बाटो मुनिको फूल २'को अकुपेन्सी ४० प्रतिशत आसपास छ । 
 
त्यस्तै काठमाडौं तथा मोफसलका धेरै सिंगल स्कृनमा भने 'बाटो मुनिको फूल' अघि देखिएको छ । जातिय विभेदको कथा बोलेको सुवर्ण थापा निर्देशित यो फिल्म हेर्न पहिलो दिन औसत दर्शक देखिँदै गर्दा पनि अर्को फिल्म भन्दा माथी पाईयो । जसको अकुपेन्सी ६० प्रतिशत औसत छ भने 'हाउ फन्नी'को ५० प्रतिशत छ ।
 
तर मोफसलका पोखरा र दमकका भने 'हाउ फन्नी' विजनेस माथी छ । बुधबार गरिएको प्रिमियरबाट 'हाउ फन्नी'ले सोचेअनुसारको सकारात्मक प्रतिक्रिया भने दर्शकबाट पाएन् । यो फिल्ममा प्रियंका कार्की, केकी अधिकारी, दयाहाङ राई, निशा अधिकारी लगायत लिड रोलमा छन् । 
 
त्यस्तै यशकुमारको निर्माण रहेको हिट फिल्म 'बाटोमुनिको फूल' सिक्वेलमा यशकुमारसँगै बाबु बोगटी, ऋचा शर्मा, अनुप बराल, दिलिप रायमाझी लगायत लि रोलमा छन् । त्यसो त सार्वजनिक बिदाको दिन शनिबारको विजनेसले नै दुई फिल्ममा कुन फिल्म पहिलो र दोश्रोको पक्कै निर्क्यौल गर्नेछ ।