मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किशोरावस्थाको कथामा 'टिनएज' बन्दै, 'किस्मत २' सँग भिडन्त घोषणा

फिल्मीखबर, काठमाडौं, 2016/04/25
फिल्म निर्देशक भन्दा पनि नृत्य निर्देशनमा नाम कमाएका दिनेश पाख्रिनले किशोर किशोरीको प्रेमकथालाई जोडेर 'टिनएज' बनाउने घोषणा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको निर्माण घोषणासँगै मुहर्त सट लिईयो । 
 
 
नेपाली काग्रेसका युवा नेता हर्क देउवा तथा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई र बरिष्ट अभिनेत्री बसुन्धरा भुषालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा पाख्रिनले सबै कलाकार तथा फिल्म क्रियूलाई सार्वजनिक गरे ।
 
सोमबारबाटै फ्लोरमा गएको यो फिल्मको कथा स्व. बसन्तजंग रायमाझीको हो । चिनीमाया वाइवा, देविका खड्का र कृष्ण कुरुवाङ निर्माता रहेको फिल्ममा उदय सुब्बा, नरेशवीर शिंह, अञ्जली खड्गी, सरोजकुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय लगायतका कलाकारहरुको अभिनय रहनेछ । 
 
यसैबीच 'टिनएज' दशैंको छेकोमा असोज २१ मा प्रदर्शनमा ल्याउने निर्माण टिमले घोषणा गरेको छ । यो मितिमा यसअघि नै भेट्रान निर्माता छबिराज ओझाको फिल्म 'किस्मत २' रिलिज हुने यसअघि नै घोषणा गरिसकेका छन् ।