मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आमा बनिन् पुर्व मिस नेपाल माल्भिका सुब्बा

फिल्मीखबर, काठमाडौं, 2016/04/25
पुर्व मिस नेपाल माल्भिका सुब्बा आमा बनेकी छिन् । वैवाहिक बन्धनको चौथो बर्षमा पहिलो सन्तानको रुपमा माल्भिकालाई पुत्रलाभ भएको हो ।
 
 
माल्भिकाले पति रियाज श्रेष्ठ र आफु अनि बच्चा सहितको स्टाटस फेसबुकमा पोस्ट गर्दै खुशी सेयर गरेकी छिन् । बच्चा स्वस्थ रहेको र पहिलो सन्तानले परिवारमै खुशी ल्याएको उनको पोस्टमा उल्लेख छ । बच्चा सहितको माल्भिकाको पोस्टमा फ्यान तथा शुभचिन्तकहरुबाट थुप्रै कमेन्ट सहितको बधाई आएको छ ।
 
त्यसो त पहिलो पटक फिल्ममा लगानी गरेकी माल्भिकाको 'हाउ फन्नी' फिल्म हलमा प्रदर्शनरत छ । यसअघि नै उनले बैशाख महिनामा फिल्म र बच्चा सहित दुई सन्तानलाई जन्म दिन लागेको बोलेकी थिईन् ।