Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘क्याराभान’ अभिनेता थिन्लेको निधन

फिल्मीखबर, काठमाण्डौ, 2016/04/24
चर्चित फिल्म ‘क्याराभान’ का अभिनेता थिन्ले लोन्डुपको निधन भएको छ। माथिल्लो डोल्पाका अगुवा समाजसेवी समेत रहेका थिन्लेको आइतबार निधन भएको हो।
 
घोडामा डोल्पा सदरमुकाम दुनैबाट छिप्का जाँदै गर्दा घोडालाई खच्चडले धक्का दिएपछि उनी घोडासँगै लडेका थिए। घोडाको घटनास्थलमै मृत्यु भएको थियो भने लडिरहेका थिन्लेलाई जिवितै देखेपछी केही पर्यटकले उनलाई छिप्का ल्याएका थिए। उपचारको लागि हेलिकप्टरमा छिप्काबाट काठमाडौं ल्याउने तयारी हुँदै गर्दा साँझ साढे ५ बजेतिर थिन्लेको निधन भएको हो । 
  
माथिल्लो डोल्पाको जीवनशैलीमा आधारित रहेर फ्रान्सेली निर्देशक एरिक भ्यालीले बनाएको चर्चित फिल्म 'क्याराभान'बाट थिल्ने चिनिएका हुन् । पछिल्लो समय डोल्पा सदरमुकाम दुनैमा बसोबास गरिरहेका थिन्ले पेटको क्यान्सरबाट पीडित थिए। 
Most Visited News (monthly)