Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विधालय हस्तान्तरण गर्दै आकाशले दिए 'के म तिम्रो होईन र' हेर्न निम्तो

फिल्मीखबर, काठमाडौं, 2016/04/24
निर्देशक तथा अभिनेता आकाश अधिकारीले आफ्नो सामाजिक संस्था आशाको ज्योती मार्फत नुवाकोटको थान्सिङ्ग, ५ मा पक्की ५ कोठे विद्यालयको भवन निर्माण गरेका छन् । श्री कालिका देवी प्राथमिक विद्यालयको उक्त पक्की भवनलाई निर्देशक अधिकारीले शनिबार हस्तान्तरण गरे । विद्यालय भवन निर्माणमा आशाको ज्योती नेपाललाई ग्लोबल रिच इन्टरनेश्नल आइएनसी, न्यूजर्सीले सघाएको छ । 
 
 
विद्यालय हस्तान्तरण कार्यक्रममा समाज सेवी अधिकारीले भने, ‘भोलिका कर्णधार बालबालिका विद्यालय जानबाट वञ्चित होलान् भनेर यो विद्यालयको भवन निर्माण गरेको हुँ । राजनीति गर्न या नाम कमाउन यसो गरेको होइन ।’ आकाशले कार्यक्रममा विद्यार्थीप्रति शिक्षाक र अभिभावक दुवै जिम्मेवार हुनु पर्ने समेत बताए । दोश्रो विद्यालय हस्तान्तरण गर्दै उनले आगामी दिनमा आफ्नो संस्थाले अन्य भूकम्पबाट क्षति हुन गएका पाँच ठाउँमा प्रा.वि तहका विद्यालय निर्माण गर्ने समेत खुलाए ।
 
 
यस्तै विद्यालयका शिक्षाक राजाराम बोगटीले निर्देशक अधिकारीको यो सहयोगप्रति जति धन्यवाद दिए पनि नपुग्ने बताए । उनले भने, 'भूकम्पले सबै नष्ट भएको थियो । बस्ने कुर्सी समेत थिएन । दुःखको घडीमा सहयोग गर्नु भयो हामी कहिल्यै भुल्ने छैनौं ।'’ शिशुदेखि पाँच कक्षासम्म पढाई हुने कालिका देवि प्रा.विमा करिब ७० जना विद्यार्थीहरु अध्यनरत छन् भने चार जना शिक्षाक तथा शिक्षिका छन् ।
 
थान्सिङ्गको विद्यालय हस्तान्तरण कार्यक्रममा राजधानीबाट सञ्चारकर्मी अनि ‘के म तिम्रो होइन र’ का नायक आर्यन अधिकारी, नायिका मरिस्का पोखरेलका साथै आशाको ज्योती नेपालका कोषाध्यक्ष मधु क्षेत्री र सचिव संगीता क्षेत्रीको पनि सहभागीता रहेको थियो ।
 
आकाश अधिकारी निर्देशन गरेको आर्यन र मरिस्काको शिर्ष भूमिका रहेको फिल्म ‘के म तिम्रो होइन र’ यही बैशाख ३१ गतेदेखि प्रदर्शनमा आउँदैछ । उनीहरुले त्यहाँका स्थानियलाई फिल्म हेर्ने निम्तो समेत दिए । गत वर्ष  बैशाख १२ गते गएको भूकम्प प्रभावितको लागि आकाशले विभिन्न प्रकारको सहयोग गर्दै आइरहेका छन् । र, आगामी दिनमा यो यो सेवा भावलाई निरञ्तरता दिने उनले वाचा गरेका छन् ।
Most Visited News (monthly)