
बलिउड स्टार अक्षयकुमार स्टारर फिल्म 'ईयरलिफ्ट' ले बक्सअफिसमा २ सय प्रतिशत बढिको नाफा कमाएको छ । दोश्रो हप्तामा प्रदर्शनरत यो फिल्मले अहिलेसम्म १ सय २१ करोडको बिजनेश गरेको छ । फिल्म अहिले पनि हलमा दर्शकको राम्रो साथका बीच चलिरहेको छ ।

पर्दा पछाडि आफ्नो बानी जस्तो भएपनि कुनै पनि सार्वजनिक कार्यक्रममा पुग्दा कस्तो व्यवहार देखाउने कलाकारले जान्न जरुरी छ । नत्र भने कलाकार सस्तो टिप्पणीका पात्र बन्छन् । दर्शकले पनि पत्याउने अवस्था रहँदैन ।

'कबड्डी' तथा यसको सिक्वेल निर्देशन गरेर हिट लिस्टमा परेका निर्देशक रामबाबु गुरुङले अर्को फिल्म बनाउने भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म 'पुरानो डुङ्गा'को औपचारिक रुपमा निर्माण घोषणा गरियो । फिल्म माघ २९ बाट फ्लोरमा जानेछ ।

अहिले यदि कुनै स्टेज शोमा अभिनेत्री रेखा थापालाई बोलाउने चाहना कसैले गर्यो भने, उसले रेखाबाट हट नृत्यको अपेक्षा नगर्दा हुन्छ । देश तथा विदेशमा राम्रै प्रशंसक कमाएकी अभिनेत्री थापा अहिले छोटा पहिरन लगाएर स्टेजमा पुग्दिनन् ।


निर्माण सम्पन्न भएर प्रदर्शनको लागी तयार भएको फिल्म ‘खुर्पा’को निर्माण टिमले राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै प्रचार प्रसारको सुरुवात गरको छ । फागुन १४ लाई रिलिज मिति तोक्दै एक कार्यक्रमका बीच फिल्मको ट्रेलर तथा गीत सार्वजनिक गरियो ।

