Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15175 - 15180 of 23747
फिल्मीखबर, काठमाडौं, 2015-12-16, बुधवार

बुधबार दिनभर गौरव पहारी हैरान भए । हैरान हुने कारण थियो सकुशल रहेका उनलाई धेरै दुर्घटना परेको आशंका गर्नु । सोमबार राती भएको एउटा कार दुर्घटनामा गौरव पनि परेको खबर बाहिरिएपछि धेरैले गौरवको हाल खबर सोध्दै फोन गरे ।

फिल्मीखबर, काठमाडौं, 2015-12-16, बुधवार

‘ऋतु’ फेम अभिनेत्री मलिना जोशीले पोखरामा हुने फेसन शोमा शोस्टपरको रुपमा सहभागिता जनाउने भएकी छिन् । मलिनाले पोखराको अतिथि रिसार्ट एण्ड स्पामा हुने फेसन शोमा ¥याम्पमा आफ्नो कला प्रस्तुत गर्नेछन् । मलिनासँगै अभिनेत्री माला लिम्बु र मोडलहरु नगमा श्रेष्ठ,आस्था पोखरेल र सिपोरा गुरुङले  ¥याम्पमा मिलनासँगै शोस्टपरको रुपमा प्रस्तुत हुँदैछन् ।

फिल्मीखबर, काठमाडौं, 2015-12-16, बुधवार

पछिल्लो समयका व्यस्त तथा सफल अभिनेता दयाहाङ राईले आफू स्टार नभएको बताएका छन् । फिल्मीखबरसँगको अन्तर्वार्ताको क्रममा उनले आफूले आफुूलाई कहिल्यै स्टार भएको अनुभुति नगरेको बताए । स्टार भनेको आफूले सोच्ने नभई अरुले बोल्ने शब्द रहेको उनको भनाई थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-16, बुधवार

नायक राजेश हमालले विवाह पश्चात आप्नो परिवारमा बारबार झगडा समेत परिरहेको खुलाएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै हमालले सामाजिक सञ्जालको तथा मोबाईलमा आउने म्यासेजका कारण बेला बेलामा श्रीमतीसँग झगडा पर्ने गरेको खुलाएका हुन् ।

एजेन्सी, मुम्बई, 2015-12-16, बुधवार

पूर्व विश्व सुन्दरी ऐश्वर्या राय र सुष्मिता सेन २० वर्षपछि एउटै फ्रेममा देखिएका छन् । तर उनीहरु कुनै फिल्मका लागि भने देखिएका हैनन् । दुवै क्यामराको फ्रेममा कैद भएका हुन् । दुवै मुकेश अम्बानीको पार्टीमा सरिक हुन आएका थिए । ऐश्वर्या र सुष्मितालाई एक अर्काको प्रतिद्धन्द्धीको रुपमा हेरिन्थ्यो । २० वर्ष अगाडि मिस इण्डियामा प्रतिस्पर्धा गर्दा दुवैका बीच दुश्मनी सुरु भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2015-12-16, बुधवार

बर्ष २०१५ को बलिउडको प्रतिक्षित फिल्म 'दिलवाले'को नेपाल प्रदर्शन अधिकार दर्शना आर्ट्सले लिएको छ । शाहरुख खान र काजोल स्टारर यो फिल्मलाई दर्शनाले नेपाल प्रदर्शनको लागी २ करोड नेपाली रुपैयाँमा किनेको हो । 

Results : 15175 - 15180 of 23747
Most Visited News (monthly)