यो ईदमा रिलिज हुने सुपरस्टार सलमान खान स्टारर फिल्म 'सुल्तान'को छायाँकन बुधबार मात्र पुर्णतः सकिएको छ । यो बीचमा इन्डक्ल्याप पार्टी हुँदा फिल्मसँग जोडिएका सबै सदस्य उत्साहित अनि प्रफुल्लित देखिए ।

सलमान त यति खुसी अनि रोमान्टिक देखिए की त्यो सबै कुरा उल्लेखित तश्विर बोल्छ । बलिउड अनलाईनहरुबाट प्राप्त 'सुल्तान' ईन्डक्ल्याप पार्टीका तश्विरहरुमा कतै सलमानलाई काँधमा बोकेको त कतै सलमानले दुई जनालाई सम्म बोकेर रमाईलो गरेका छन् ।

केहि हप्ता पहिले रिलिज टिजरले नै फिल्मप्रति दर्शक अनि सल्लुका फ्यानहरु उत्साहित छन् । सलमानसँगै अनुष्का शर्मा लिड रोलमा रहेको फिल्मलाई अलि अब्बास जफारले निर्देशन गरेका हुन् ।


