Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 15157 - 15162 of 24018
फिल्मीखबर, काठमाडौं, 2016-02-21, आईतवार
फिल्म राहदानीको यो आईटम गीत  सार्वजनिक भएको छ ।  युट्युव सार्वजनिक गीतमा अभिनेत्री रिमा विश्वकर्माको मादकता छल्केको छ । फिल्म चैत्र १२ मा रिलिज हुँदैछ । 
फिल्मीखबर, काठमाडौं, 2016-02-21, आईतवार

'कोहिनूर' निर्देशक आकाश अधिकारीले गृह जिल्ला नवलपरासी मेलामा पुगेर फिल्म 'के म तिम्रो होइन र’ को प्रदर्शन मिति सार्वजनिक गरेका छन् । पश्चिमाञ्चल स्तरिय नवलपरासी औद्योगिक व्यापार मेलामा सहभागी करिब पन्ध्र हजार दर्शकहरुमाझ निर्देशक अधिकारीले आफ्नो फिल्मको बैशाख ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने खुलाएका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-20, शनिवार

बिहानीका शोमा औषत व्यापार गरेको फिल्म ‘फागु’ले मेट्नी र साँझका शोहरुमा राम्रो कमाई गरेको फिल्म निर्माण समूहले जानकारी गराएको छ । अघिल्लो हप्ता रिलिज भएका फिल्मले पर्दा नछाडेका कारण तुलनात्मक रुपमा कम हलमा रिलिज भएको ‘फागु’ले सन्तोषजनक व्यापार गरेको निर्माण समुहको दाबी छ । 

फिल्मीखबर, काठमाडौं, 2016-02-20, शनिवार

पारिवारिक सम्बन्धमा रहेका अभिनेत्री रेखा थापा र निर्माता छबि ओझा छुट्टिएपछि केहि समय पानी बाराबार भयो । त्यो समयमा यी दुईको बोलचालसम्म बन्द भएको कुरा मिडियामा आएको थियो । त्यसपश्चात सामान्य भेटघाटमा के छ कसो छ को बोलिचाली बाहेक यी दुईको ठुलो भलाकुसरी देखिँदैन् ।

फिल्मीखबर, काठमाडौं, 2016-02-20, शनिवार

शुक्रबारबाट प्रदर्शनमा आएको अभिनेत्री करिश्मा मानन्धर निर्मित फिल्म 'फागु'ले सुरुवातमा नै दर्शकको उल्लेख्य साथ पाउन सकेन् । शुक्रबार प्रजातन्त्र दिवसको विदा परे पनि त्यो विदा काम लागेन् । शनिवारको विहानी तथा दोश्रो सो मा पनि यो फिल्ममा दर्शक देखिएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2016-02-19, शुक्रवार

निधारमा टिका, नाकमा फुली, ओठमा लाली, हातमा रातो चुरा, सारी र ब्लाउज अनि क्रोधित अनुहार । एउटा पूर्ण नारीको पहिरनमा अभिनेता राजेश हमालको पछिल्लो फिल्म 'शकुन्तला'को सार्वजनिक फास्टलुकमा उनको स्वरूप यस्तै देखिएको छ । 

Results : 15157 - 15162 of 24018