Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अनमोल र सृष्टिको 'गाजलु': दोश्रो गीत रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2016/05/12
युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ स्टारर प्रतिच्छित फिल्म 'गाजलु'को दोश्रो गीत रिलिज भएको छ । प्रचारलाई आक्रामक बनाउँदै अघि बढेको निर्माण कम्पनि रोहित अधिकारी फिल्मस् ले रिलिजको काउण्ट-डाउन सुरु हुँदै गर्दा दोश्रो गीत सार्वजनिक गरेको हो । 
 
 
युट्युवमा सार्वजनिक 'मुस्कुराउनुको कथा' बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाँ सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।
 
गीतमा पछिल्लो पुस्ताका चर्चित संगीतकार कालिप्रसाद बाँस्कोटाले संगीत भरेका छन् । उनकै शब्द समावेश गीतमा स्वर सुमन गुरुङको छ । 
 
रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको फिल्ममा अनमोल र सृष्टिसँगै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत अभिनयमा छन् । मिडियाबाट बनिरहेको हाईप, पछिल्लो रिलजि गीत र ट्रेलर अनि सृष्टि र अनमोलकै कारण पनि 'गाजलु' चर्चाको शिखरमा छ । 
 
नेवारी समुदायमा भित्रको एक (कुमारी) प्रथाको कथालाई पर्दामा उतारिएको फिल्मलाई लिएर दर्शक तथा फिल्म शुभचिन्तकहरु उत्साहित छन् । फिल्म जेठ २८ मा रिलिज हुँदैछ ।
 
नेपालसँगै विदेशका विभिन्न शहरहरुमा समेत एकसाथ प्रदर्शनको तयारी हुँदै गर्दा 'मे' २९ तारिखमा 'गाजलु'को पहिलो वर्ल्ड प्रिमियर लण्डनमा हुँदैछ ।
Most Visited News (monthly)