
शनिबार चलचित्र कलाकार संघको चुनाब भयो । अध्यक्षमा पुर्व महासचिव रामकेशर बोगटी भारी मतले बिजयी हुँदैगर्दा अन्य दुई प्रत्यासी पछि परे । लय संग्रौला प्रतिस्पर्धी बन्दै गर्दा मत परिणामको क्रममा भने अर्का उमेद्वार बिशाल बिष्ट उनको छेउछाउमा नै आएनन् । बोगटीले २ सय ३८ मत ल्याउँदा बिष्टको पक्षमा जम्माजम्मी १० मत पर्यो ।

चलचित्र निर्माता संघको अध्यक्ष पदमा दुई कार्यकाल रहँदै गर्दा निर्माता राजकुमार राई चलचित्र उद्योगको सर्बोच्च संस्था चलचित्र विकास वोर्डको अध्यक्ष पदमा पुगे । लामो समयको राजनीतिक लबिङ अनि चलचित्र उद्योगको अनुभवले उनलाई उक्त पद मिल्यो । अहिले चलचित्र उद्योगसँग जोडिएका प्रायःले उनलाई अभिभावक नै सम्झिन्छन् । त्यसो त पछिल्लो समय उद्योगमै उनको बढ्दो प्रभावले पनि राईलाई केहि विशिष्ट बनाईदिएको छ ।

अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ फिल्म ‘क्लासिक’को हिस्सा बन्न पाएकोमा मख्ख छन् । फिल्मको छायांकन सकिएको अवसरमा आयोजित एक कार्यक्रममा यो जोडी एक अर्काको कामको तारिफ गर्नमा व्यस्त देखियो । आर्यनको कामप्रतिको लगाव र सधै सिक्न चाहने बानीबाट प्रभावित नम्रताको प्रशंसाको साटो आर्यनले पनि उनको कामको तारिफ गर्दै फुर्काए ।

चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागि भएको निर्वाचन अन्तर्गत अध्यक्ष पदमा रामकेशर बोगटी बिजयी भएका छन् ।

चलचित्र कलाकार संघको नयाँ नेतृत्वको लागी चलिरहेको साधारणसभा तथा निर्वाचन कार्यक्रमले शनिबार दिनभरजसो प्रदर्शनीमार्ग स्थित महेन्द्र पुलिस क्लबको हल गरमागरम बन्यो । नाम चलेका पुराना स्टारहरुदेखी नयाँ पुस्ताका कलाकारहरुले राम्रै चासो दिएर चुनाबी मैदानमा उपस्थित देखिए । आफ्नो संस्थाको नेतृत्व चयनको लागी कलाकारहरुले देखाएको जोश र जाँगर अनुकरणिय देखिन्थ्यो ।

चलचित्र कलाकार संघको चौधौं साधारणसभालाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दकिशोर पुन ले कलाकारलाई राष्ट्रको गहना मान्ने कुरा पुरानो भएको बताएका छन् । समाजको ऐनाको रुपमा कलाकर्मीलाई लिएका पुनले अब कलाकारलाई राष्ट्रको गहना मात्रै भनेर नपुग्ने भन्दै राज्यको अंगका रुपमा लिईनुपर्ने धारणा राखे ।

