स्टार अभिनेत्री रेखा थापाले गत बर्ष नेपाली फिल्मसँग जोडेर आयोजना हुने कुनै पनि प्रकारका अवार्ड समारोहमा भाग नलिने घोषणा गरिन् । 'कोठे' अवार्डको संज्ञा दिएकी रेखा उक्त घोषणा पश्चात अवार्डमा हालसम्म सहभागी पनि छैनन् । तर चलचित्र कलााकर संघले आयोजना गर्न लागेको 'फान' अवार्ड घोषणा समारोहमा रेखा पुग्दा धेरैले आश्चर्य माने ।
धेरै सिनियर अभिनेत्री रहेको ठाउँमा पनि रेखाले चर्चित अभिनेत्रीको रुपमा स्टेजमा बोल्ने अबसर पाईन् । जुन बेला उनले प्रष्टाईन् कि, यो अवार्डमा पनि आफु सहभागी हुँदै छैन्, तर साथ र सहयोग रहनेछ', अनि आफ्नो फिल्मसँग जोडिएका अन्य सदस्यले अवार्डमा सहभागी हुन खोज्दैगर्दा भने नरोक्ने बोलिन् ।
'भर्खरै आएका बहिनीहरुसँग मलाई प्रतिस्पर्धा गर्नुछैन्, उनीहरुले राम्रो गरुन्, फिल्म उद्योगले सक्षम र सबल कलाकार पाओस्, मेरो चाहना यति हो' रेखाले भनिन् । फिल्मीखबरसँगको भिडियो संवादमा रेखाले अन्य केहि नयाँ तथ्यहरु पनि खोलेकी छिन् । माथी हेर्नुहोस भिडियोः

